इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करिब दुई करोड मूल्य बराबरको क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको घरमा भएको आगलागीमा तीन अाेटा सटर (पसल) साथै घर जल्दा सो मूल्य बराबरको क्षति भएको हो । विद्युत चुहिएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । बेलुका.....
सरकारी वा निजी क्षेत्रका जलविद्युत उत्पादन गर्ने कम्पनीसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्ने सहमति लिन अब २० लाख रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको विद्युत नियमन आयोग नियमावली, २०७५ मा यस्तो व्यवस्था गरिएको छ । मन्त्रीपरिषदले स्वीकृत गरेको नियमावली भदौ ११ गते सोमबार राजपत्रमा.....
विराटनगर महानगरपालिकामा बम बिस्फोट गराएको घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका–२ का ५३ वर्षीय मनोजकुमार सिंह, सिराहा लक्ष्मीपुरपतारी गाउँपालिका–३ नयाँ टोलका २० वर्षीय अभिमन्यु गिरी र सुखिपुर नगरपालिका ५ का २४ वर्षीय रामरिझन यादव छन् । सिंहलाई.....
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरदर दैनिक सुत्केरी हुने ५७ महिलामध्ये १७ शल्यक्रियाबाट हुनेगर्दछ । पछिल्लो समय अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउने विधिलाई निरुत्साहित गर्दै आएको छ । गत आवमा अस्पतालमा भर्ना भएका २८ हजार ५०३ महिलामध्ये २० हजार ६८० महिला सुत्केरी भएका थिए । अस्पतालका.....
कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयनलाई पूर्ण रुपले चुस्त दुरुस्त राख्न निर्देशन दिएका छन् । उनले सुपरजोनमा सम्वन्धित विषय विज्ञलार्इ प्राथमिकता दिर्इ पदस्थापना गर्ने र वर्षभरी नियमित अनुगमन गर्न सूचकसहितको अनुगमन गर्नुपर्ने बताए.....
भाद्र कृष्ण अष्टमीका दिन आज बिहानैदेखि देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ । ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी.....
म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा गाउँपालिकामै पहिलो पटक केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको छ । गाउँपालिका, नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र, सामुदायिक वन उपभोक्ता समिति र उपभोक्ताको पहलमा गरिएको विद्युतीकरण योजनाबाट २०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका.....
जिल्ला अस्पताल रोल्पाले स्तनपान कक्ष स्थापना गरेको छ । शिशु तथा आमाको स्वास्थ्य सुधारमा थप टेवा पुर्याउने उद्देश्यका साथ सो कक्ष स्थापना गरिएको बताइएको छ । जिल्ला अस्पताल हाताभित्र निर्मित उक्त कक्षमा आमाले शिशुलाई स्तनपान गराउनुका साथै आराम गर्ने व्यवस्थासमेत गरिएको जिल्ला अस्पताल रोल्पाका वरिष्ठ.....
पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडाैं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् । विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा.....
रक्सौल— काठमाडौं रेलमार्ग निर्माणका लागि भारतसँग समझादारी पत्रमा हस्ताक्षर भएको छ । बिम्स्टेक सम्मेलनमा सहभागी हुन काठमाडाैं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटवार्तापछि यस्तो सहमति भएको हो । उक्त रेलमार्ग निर्माण्का लागि इन्जिनियरिङ, डिजाइन अध्ययन गर्ने.....