हेभी ड्युटी सेरिजमा ८ पत्ताको बलियो अगाडीको भागमा सस्पेन्सन रहेको उक्त सिरिजले ग्राहकलाई अगाडी बढाउन र बृहत फाइदा दिने अपेक्षा स्वरुप गुणस्तर सुधार गरी प्रोफिट ट्रकको रुपमा ल्याएको हो । ८ पत्ता बलियो सस्पेन्सन, ८ सय ५० केजी भार बहन गर्न सक्ने र २६ एचपीको उत्कृष्ठ गुणस्तर इन्जिन प्रयोग गरिएको हो ।
महिन्द्रा गु्रपको महिन्द्रा एण्ड महिन्द्रा प्रालिले नयाँ मोडेलको म्याक्सिमो एचडी सिरिज गाडी सार्वजनिक गरेको छ । विगत २६ बर्षदेखि सेवा दिदैँ आएको महिन्द्राले दुगड ब्रदर्श एण्ड सन्ससँगको साझेदारीमा उक्त नयाँ सिरिज मंगलबार काठमाडौ लन्च गरेको हो ।
हेभी ड्युटी सेरिजमा ८ पत्ताको बलियो अगाडीको भागमा सस्पेन्सन रहेको उक्त सिरिजले ग्राहकलाई अगाडी बढाउन र बृहत फाइदा दिने अपेक्षा स्वरुप गुणस्तर सुधार गरी प्रोफिट ट्रकको रुपमा ल्याएको हो । ८ पत्ता बलियो सस्पेन्सन, ८ सय ५० केजी भार बहन गर्न सक्ने र २६ एचपीको उत्कृष्ठ गुणस्तर इन्जिन प्रयोग गरिएको हो । लामो दुरीमा गुडाउन मिल्ने र अन्य सवारीको तुलनामा बढी आर्जन गर्न यस्ले सामर्थ राख्ने अपेक्षा गरिएको छ ।
सिरिज लन्ज कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड दक्षिण एसियाका भाइस प्रेसिडेन्ट सन्जय यादवले सार्वजनिक गरिएको म्याक्सिमो एचडी सिरिजले ग्राहकहरुको आयआर्जन क्षमतालाई मजबुद पार्ने बताए । उनले ग्राहकहरुको परिवर्तित र विकसित चाहनालाई महिन्द्रा एण्ड महिन्द्रा प्रालि र साझेदार दुगड ब्रदर्श एण्ड सन्सले गरेको सेवाप्रति आभारी र खुसी रहेको बताए ।
समारोहमा दुगड ब्रदर्श एण्ड सन्सका विवेक दुगडले ग्राहकलाई प्रतिको सम्मान, उपयोगिता र गुणस्तरीय सेवा उपलव्ध गराउन प्रयत्न गरिरहेको बताएँ । सर्वोत्तम मुल्यमा ग्राहकलाई आरामदायी र आर्जन गर्न थप मदत मिल्ने बताए ।
उक्त सिरिज कलात्मक निलो र सेतो हिरा सहितको आकर्षक रंगमा बजारमा उपलव्ध हुने कम्पनीले जनाएको छ