विगत चार महिनाको अवधिमा विपद्का घटनाबाट मात्र दुई अर्बभन्दा बढी रूपैयाँको भौतिक क्षति भएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ देखि २०७५ भदौ ४ गतेसम्म मात्र प्राकृतिक प्रकोपका घटनाबाट दुई अर्ब आठ करोड ५७ लाख ४० हजार ५०८ रूपैयाँबराबरको क्षति देशले ब्यहोर्नुपरेको छ । आगालागी, हावाहुरी,.....
काठमाडौ—धौलागिरी समाज नेपाल, काठमाडौंले अधिवेशन गर्ने भएको छ । शुक्रबार बसेको समाजको बैठकले आगामि भदौ ९ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनका लागि विभिन्न समिति, उपसमिति समेत चयन गरिएको छ । धौलागिरी अञ्चलका पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङबाट काठमाडौं आई बसोबास गरी विभिन्न पेसा, व्यवसायमा आबद्धहरुले.....
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सम्पादित कार्यहरु, मन्त्रालयको भावी कार्ययोजना, आयोजनाहरुको प्राथमिकीकरण, कार्यान्वयनमा देखिएका समस्या, चुनौतीहरु एवम् समाधानका लागि मन्त्रालयले गरेका प्रयासहरु लगायतको विषयमा संघीय संसद प्रतिनिधि सभा विकास तथा प्रविधि समति र भौतिक पूर्वाधार तथा यातायात.....
राष्ट्रिय पुननिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले ठोस कार्ययोजना बनाएर तोकिएको समयमै पुननिर्माणको काम सम्पन्न गर्ने बताएका छन । पदवहाली पछि आयोजित स्वागत कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विगतका कामको समीक्षा गरी नयाँ कार्ययोजना साथ अघि बढ्ने.....
राष्ट्रियसभाअन्तर्गत गठित चार विषयगत समितिको निर्वाचन भदौ ३ गते निर्धारण गरिएकामा अब भदौ १३ गते बिहान ११ बजे हुने भएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्वाचन विशेष कारणवश निर्धारित मितिमा नभई मिति सरेको जानकारी दिए । राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन,.....
राष्ट्रियसभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराध पीडित संरक्षण विधेयक, २०७५’ पेश गरेका छन् । बैठकसमक्ष विधेयक पेश गर्दै मन्त्री ढकालले अपराध पीडितको हक संरक्षण, क्षतिपूर्ति र उनीहरुलाई समाजमा पुनस्थापित हुन विधेयकले मद्दत पु¥याउने बताए । बैठक राष्ट्रियसभाका.....
उदयपुरकाे स्थानीय तह र जिल्ला समन्वय समितिले तत्काल गिट्टी, बालुवा र ढुङ्गा निकासी गर्न प्रतिबन्ध लगाएको छ । तर, पनि उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटको त्रियुगा तथा बरुवा खोलाबाट रात्रिको समयमा व्यापक गिट्टी, बालुवा ढुङ्गा तस्करी बढेको छ । ती खोलाबाट त्रियुगा नगरपालिका र जिल्ला समन्वय समिति.....
अविरल वर्षासँगै गएराति गएको पहिरोले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ ज्यामिरेका प्रेमबहादुर खड्काको घर पुरिएको छ । अन्य दुई घर उच्च जोखिममा परेका छन् । भूकम्पपछि पुनःनिर्माण गरिएको घरमा सर्न साइत पर्खेर बसेका खड्काको अन्नपातसहितको दुईतले घर पुरिएको वडाध्यक्ष कमलबहादुर खड्काले जानकारी दिए ।.....
तनहुँमा अाज बस र ट्रक एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङमा दुर्घटना भएको हो । गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका लागि पोखरास्थित.....