मन्त्रालयले दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई हटाउने भएको हो ।
सरकार नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको नेतृत्व हटाउने तयारीमा जुटेको छ । सोमबार सूचना तथा सञ्चार मन्त्रालयमा बसेको मन्त्रिपरिषद्को बैठकले नेतृत्व हटाउने निर्णयमा जोड दिएको हो ।
मन्त्रालयले दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा र टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई हटाउने भएको हो । दूरसञ्चार प्राधिकरणलाई कुनै पनि नयाँ काम, लाइसेन्स, इजाजतपत्र, अनुमतिपत्र जारी नगर्ने, कुनै पनि सेवा थप नगर्ने तथा फ्रिक्वेन्सी वितरण नगर्ने आदेश दिइएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार निर्देशक भण्डारीको काम सन्तोषजनक नभएको भन्दै स्पष्टीकरण लिएको छ । टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किँदै गएको र कम्पनीको सेवा सुधार गर्न वर्तमान नेतृत्व असक्षम भएको आरोपसमेत लगाइएको छ ।