किन बढ्छ चुनावअघि नेप्से ?

भोली अर्थात् मंसिर २१, ४५ जिल्लका संघका १ सय २८ र प्रदेशका २ सय ५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन गईरहेको छ । केही दिनदेखि उतारचढावमा रहेको नेपालको सेयर बजार निर्वाचन अघिको अन्तिम कारोबारमा भने दोहोरो अंकको सुधार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा देखिएको छ । बुधबार नेप्से ११ दशमलव ६७ अंक बढेर १५३६ दशमलव ५४ अंकमा पुगेको छ । ब्यापार रकम पनि अघिल्ला दिनको तुलनामा झण्डै १५ करोड रुपैयाँ बढेर ६९ करोड २६ लाख रुपैयाँ नाघेको छ ।

सामान्यतया निर्वाचनपछि राजनीतिक स्थायित्व हुनसक्छ भन्नेमा लगानीकर्ताहरु आशावादी देखिने भएकाले बजारमा बृद्धि देखिन्छ । सामान्यतया निर्वाचन अघि संसारभरकै सेयर बजार उकालो लाग्ने गरेको पाईन्छ ।

भोली अर्थात् मंसिर २१, ४५ जिल्लका संघका १ सय २८ र प्रदेशका २ सय ५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन गईरहेको छ । केही दिनदेखि उतारचढावमा रहेको नेपालको सेयर बजार निर्वाचन अघिको अन्तिम कारोबारमा भने दोहोरो अंकको सुधार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा देखिएको छ । बुधबार नेप्से ११ दशमलव ६७ अंक बढेर १५३६ दशमलव ५४ अंकमा पुगेको छ । ब्यापार रकम पनि अघिल्ला दिनको तुलनामा झण्डै १५ करोड रुपैयाँ बढेर ६९ करोड २६ लाख रुपैयाँ नाघेको छ । ब्ब्यापार समूहको सूचकांक घटेपनि बाँकी सबै समूहगत परिसूचकहरु बुधवारको ब्यापारमा उकालो लागेका छन् । बजार यो पटक निर्वाचनअघि मात्रै बढेको होइन । विगतका कयौं निर्वाचनअघिका कारोबारमा नेप्से बढेको पाईन्छ ।

१० दिनअघि १०मा भएको प्रदेश र संघीय तहको पहिलो चरणको निर्वाचन अघि पनि नेप्से बढेको थियो । त्यतिबेला पहिलो चरणको निर्वाचनअघिका चार दिनमा ४५ अंक बढेर निर्वाचनको दिन नेप्से १५१४ अंकमा उक्लिएको थियो । २०६४ को पहिलो संविधानसभाअघि देखि भएका हरेक निर्वाचन अघिको नेप्सेमा बृद्धि देखिएको छ । अरु बेला नेप्से घटेपनि निर्वाचन अघि नै नेप्से किन बढ्छ त ?

२०६४ चैत २८, संविधान सभाको पहिलो निर्वाचन

१७ चैतमा ७०३ अंकमा रहेको नेप्से त्यसपछि ब्यापार खुला भएका पाँच दिनमा ४३ अंकभन्दा धेरै बढेर ७ सय ४६ दशमलव ७ अंकमा पुग्यो । चुनावअघि ब्यापार खुलेका दुई दिनमा मात्रै नेप्से ३० अंक (४ दशमलव २ प्रतिशत) बढेको थियो ।

२०७० मंसिर ४, संविधान सभाको दोस्रो निर्वाचन

निर्वाचन अघिका अन्तिम तीन दिनमा नेप्से केवल साढे २ अंकमात्र बढ्यो । २८ कात्तिकमा नेप्से ६०० अंकमा रोकिएको थियो ।

२०७४ वैशाख ३१, स्थानीय तह, पहिलो चरण

चुनावअघि घट्दो प्रबृत्तीमा रहेको भएपनि बजारले केही दिन उकालो गति समातेको थियो । २४ वैशाखमा १६२९ अंकमा रहेको नेप्से त्यसपछिका कारोबार भएका तीन दिन लगातार बढेर २८ वैशाखमा १६५८ अंकभन्दा माथि पुग्यो ।

२०७४ जेठ ३१, स्थानीय तह, दोस्रो चरण

निर्वाचनको दिन नेप्से स्थीर (आधा अंकको कमी) रह्यो । काठमाडौंमा पहिलो चरणमा नै स्थानीय तहको निर्वाचन सकिएकाले दोस्रो चरणको निर्वाचन भएको दिन पनि बजार खुला थियो । चुनावको अघिल्लो दिन नेप्से करीब ५ अंक बढेको थियो ।
सामान्यतया निर्वाचनपछि राजनीतिक स्थायित्व हुनसक्छ भन्नेमा लगानीकर्ताहरु आशावादी देखिने गरेको सुमेरु सेक्यूरिटिजका प्रेमकुमार अग्रवाल बताउँछन् । ‘संसारभर नै सामान्यतया निर्वाचनको अघि सेयर बजार उकालो लाग्ने गरेको देखिन्छ,’ उनले भने, ‘नेपालमा पनि त्यस्तै मनोविज्ञानले काम गरेको हुनसक्छ ।’
निर्वाचनपछि बाम गठबन्धनको सरकार आउने भन्दै केही सातायता लगानीकर्ताले सेयरको विक्री चाप बढाइरहेका छन् । लगातार बजार घट्न थालेपछि भावी सरकारको नेतृत्व गर्ने प्रमुख दाबेदारका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि सार्वजनिक अभिव्यक्ती दिएर सेयर बजारको संरक्षण गर्न आफू प्रतिबद्ध रहेको विस्वास दिलाउने प्रयास गरे । ओलीको उक्त अभिव्यक्ती आएपछि सेयर बजार केही उकालो लागेको पनि थियो । ‘यस्ता सानासाना घटना र त्यसले लगानीकर्ताको मनोविज्ञानमा पार्ने प्रभावले सेयरबजारलाई ज्यादै प्रभावित पार्छ,’ ब्रोकर अग्रवाल भन्छन्, ‘यस्तै कारणले निर्वाचनअघि सामाान्यतया बजार बढ्ने गरेको देखिन्छ ।’