बजाज आरई महा टेष्टड्राइभ मेला

बजाज आरईमा गरिएको लगानीले पहिलो दिनदेखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै ‘एउटा यस्तो लगानी जसले गर्दछ सुरुको दिनदेखि नै आम्दानी’ भन्ने छ ।

बजाज थ्री ह्विलर्स बजाज आरईको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज आरईका बारेमा जानकारी तथा टेष्टड्राइभ र मनोरञ्जन दिने उद्देश्यले गत बैशाख २२ गते झापाको बिर्तामोडमा बजाज आरई महा टेष्टड्राइभ मेला सम्पन्न गरेको छ ।

गत बैशाख १९, २० र २१ गते बजाज आरईका विषयमा जानकारी दिने उद्देश्यले सडक नाटक पनि प्रस्तुत गरिएको थियो । नाटकमा बजाज आरईको उद्देश्य र बजाज आरई महा टेष्ट ड्राइभ मेलाका बारेमा स्थानीयलाई जानकारी गराइएको थियो । वैदेशिक रोजगारमा गएर फर्किएका तथा जान लागेका नेपालीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरी आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरई महा टेष्टड्राइभ मेला आयोजना गरिएको हो ।

बजाज आरईमा गरिएको लगानीले पहिलो दिनदेखि नै आम्दानी गर्न सकिने हुँदा यसको मूख्य नारा नै ‘एउटा यस्तो लगानी जसले गर्दछ सुरुको दिनदेखि नै आम्दानी’ भन्ने छ । यसले ग्राहकको चाहनालाई सार्थक पार्दछ । महा टेष्टड्राइभ मेलामा नेपाली लोकप्रिय गायक शिव परियारले विभिन्न नेपाली गीतहरु गाएर मनोरञ्जन प्रदान गरेका थिए । स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । लोकप्रिय गायिका मीना निरौलाले विभिन्न नेपाली गीतहरु गाएर मनोरञ्जन प्रदान गरेकी थिइन् ।

कार्यक्रममा तीन हजारभन्दा बढी मानिसहरु सहभागी थिए । मेलामा ६ सयभन्दा बढी टेस्ट राइड र बजाज आरई बुकिङ भएको थियो । बजाज आरई महा टेष्टड्राइभ मेला झापाको आधिकारिक बिक्रेता श्री हलेशी ट्रेड लिङ्कको सहयोगमा भएको थियो ।