जिल्ला कृषि कार्यालयका अनुसार आव २०७४/७५ मा कृषकले कुल १० हजार ६ हेक्कटर क्षेत्रफलमा सिमल, शिखर र सिम्रिक जातको मसुरो खेती गरेका थिए ।
बारामा यसवर्ष ६६ करोड तीन लाख लाख ९६ हजार रूपैयाँ बराबरको मसुरो उत्पादन भएको छ ।
जिल्ला कृषि कार्यालयका अनुसार आव २०७४/७५ मा कृषकले कुल १० हजार ६ हेक्कटर क्षेत्रफलमा सिमल, शिखर र सिम्रिक जातको मसुरो खेती गरेका थिए । वरिष्ठ अधिकृत शिवरत्न साहले गत वर्षभन्दा यसवर्ष करिब एक हजार ६ सय हेक्कटर क्षेत्रफलमा मसुरोखेती हुन नसक्दा उत्पादनमा कमी आएको बताए ।
कलैया बजारमा मसुरोको मूल्य प्रतिकिलो ५५ छ । आर्थिक वर्ष २०७३/७४ मा कृषकले कुल ११ हजार ६ सय हेक्टर क्षेत्रफलमा ७७ करोड १४ लाख रूपैयाँको ९५ मेट्रिक टन मसुरो उत्पादन भएको थियो । रासस