साउथ एसियन कन्ट्रिज एसएमई फोरमको नेतृत्वमा एफएनसीएसआई

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ (एफएनसीएसआई), भारतको फेडेरेसन अफ एसोसिएसन अफ कटेज एन्ड स्मल इन्डस्ट्रिज (एफएसीएसआई), बङ्ग्लादेशको नेसनल एसोसिएसन अफ स्मल एन्ड कटेज इन्डस्ट्रिज अफ बङ्ग्लादेश (एनएएससीआईबी) र भुटानको भुटान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिको अगुवाइमा सन् २००५ मा भारतको कोलकातामा स्थापना भएको साउथ एसियन कन्ट्रिज एसएमई फोरमको नेतृत्व हालै काठमाडौंमा सम्पन्न तेस्रो सम्मेलनले अध्यक्षमा महासङ्घका निवर्तमान अध्यक्ष सुरेश प्रधानलाई चुनेको हो ।

साउथ एसियन कन्ट्रिज एसएमई फोरमको नेतृत्व आगामी दुई वर्षका लागि नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लिएको छ । महासङ्घका निवर्तमान अध्यक्ष सुरेश प्रधानले नेतृत्व लिएका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ (एफएनसीएसआई), भारतको फेडेरेसन अफ एसोसिएसन अफ कटेज एन्ड स्मल इन्डस्ट्रिज (एफएसीएसआई), बङ्ग्लादेशको नेसनल एसोसिएसन अफ स्मल एन्ड कटेज इन्डस्ट्रिज अफ बङ्ग्लादेश (एनएएससीआईबी) र भुटानको भुटान चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिको अगुवाइमा सन् २००५ मा भारतको कोलकातामा स्थापना भएको साउथ एसियन कन्ट्रिज एसएमई फोरमको नेतृत्व हालै काठमाडौंमा सम्पन्न तेस्रो सम्मेलनले अध्यक्षमा महासङ्घका निवर्तमान अध्यक्ष सुरेश प्रधानलाई चुनेको हो ।

सम्मेलनमा भारत, बङ्ग्लादेश, श्रीलङ्काका साना तथा मझौला व्यवसायीको छाता संस्थाका प्रतिनिधि र छिमेकी राष्ट्र चीनका साना तथा मझौला व्यवसायी पर्यवेक्षकका रुपमा उपस्थिति थियो । यसअघि फोरमको नेतृत्व लिएका बङ्ग्लादेशको नेसनल एसोसिएसन अफ स्मल एन्ड कटेज इन्डष्ट्रिज अफ बङ्ग्लादेश (एनएएससीआईबी) का अध्यक्ष मिर्जा नुरुल घानी सोभोनले तेस्रो सम्मेलनबाट अध्यक्ष बनेका प्रधानलाई नेतृत्व हस्तान्तरण गरे ।

फोरममा नेपाल र महासङ्घका तर्फबाट उपाध्यक्षद्वय शोभा गुरुङ्ग र शिवप्रसाद कट्टेललाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा श्यामप्रसाद गिरी, मुकेश उपाध्याय, मोहन कटुवाल, डम्बरप्रसाद रेग्मी, महेन्द्रबहादुर चित्रकार, जानकी प्रधान, सदस्य एवम् नेपाल च्याप्टरको प्रवक्तामा गौतमप्रसाद भुषाललाई चयन गरिएको छ ।

फोरमको दोस्रो सम्मेलन सन् २०१६ को जनवरीमा बङ्ग्लादेशमा सम्पन्न भएको थियो । काठमाडौंमा हालै सम्पन्न तेस्रो सम्मेलनको मूल विषय ‘एक्सपान्डिङ एमएसएमईज लिन्केज बियोन्ड द बोर्डर’ मा छलफल भएको थियो । फोरमको पहिलो बैठकले नेपाल च्याप्टरको सचिवालय नेपाल घरेलु तथा साना उद्योग महासङ्घको केन्द्रिय कार्यालयमा राख्ने निर्णय गरेको छ ।

नेपालमा साना तथा मझौला उद्योग व्यवसायको क्षेत्रमा काम गर्न इच्छुक सङ्घ संस्थाका प्रतिनिधिहरुलाई पनि नेपाल च्याप्टरमा सहभागी हुन आमन्त्रण गर्ने निर्णय फोरमको पहिलो बैठकले गरेको छ । बैठकले प्रधानमन्त्री, सम्बन्धित मन्त्रालयका मन्त्री, सम्बन्धित निकाय एवम् सार्क राष्ट्रका राजदूतहरुसँग भेट गरी फोरमका बारेमा जानकारी गराउने निर्णय गरेको छ ।