आईएमई इन्स्योरेन्स र बी एन्ड बी अस्पतालबीच नगदरहित सेवा सम्झौता

सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकलाई बिमालेखको सीमासम्म बी एन्ड बी अस्पातालबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ, साथै ग्राहकहरुको स्वास्थ सेवामा सहजपहुँचलाई सुनिश्चित गर्नेछ ।

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र बी एन्ड बी अस्पतालबीच आफ्ना ग्राहकलाई नगदरहित हस्पिटलाईजेसन सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकलाई बिमालेखको सीमासम्म बी एन्ड बी अस्पातालबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ, साथै ग्राहकहरुको स्वास्थ सेवामा सहजपहुँचलाई सुनिश्चित गर्नेछ ।

सम्झौता पत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र बी एन्ड बी अस्पतालका तर्फबाट उप निर्देशक डा निरजलाल वैद्यले हस्ताक्षर गरेका थिए ।