डिजिटल बन्दै कर्णाली प्रदेश, अब सुर्खेतबासीले पनि ईसेवाबाट महसुल भुक्तानी गर्न सक्ने

१६ हजार ग्राहक रहेका सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले आफ्नो संस्थालाई डिजिटलाइज गर्नुका साथै ईसेवाबाट महसुल भुक्तानी गर्न सकिने सेवा दिएको हो ।

पछिल्लो समय समृद्ध कर्णालीको नारा लिएर अगाडि बढिरहेको प्रदेश ६ का सुर्खेतबासीले ईसेवाबाट खानेपानीको महसुल तिर्न सक्ने भएका छन् । १६ हजार ग्राहक रहेका सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले आफ्नो संस्थालाई डिजिटलाइज गर्नुका साथै ईसेवाबाट महसुल भुक्तानी गर्न सकिने सेवा दिएको हो ।

अबदेखि वीरेन्द्रनगर नगरपालिकाका स्थानीय खानेपानीको महसुल भुक्तानीकै लागि संस्थाको कार्यालयसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

संस्थाले अनलाइन पेमेन्टका साथै कार्यालयका सम्पूर्ण कार्यलाई अटोमेसनमा लगेको छ । दियालो टेक्नोलोजिजले बनाएको ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयर प्रयोग गरी सबै कार्यलाई अटोमेसनमा लगेको हो । यो सफट्वेयरले बिलिङ, लेखा पद्धति, जिन्सी व्यवस्थापन देखि मिटररिडिङसम्मका कार्यलाई डिजिटलाइज गर्छ ।

संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘प्रविधिको प्रयोग नगर्दा हामीलाई सेवा दिन निकै गाह«ो भइरहेको थियो । ग्राहक धेरै हुँदा तीनचार घण्टा लाइनमा बसी महसुल तिर्नुपर्ने बाध्यता थियो । ईसेवासँगको सहकार्यले अब लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’

सन् २००९ देखि सञ्चालित ईसेवाले नेपालका ७७ ओटै जिल्लामा सेवा दिँदै आएको छ । मोबाइल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने इसेवाका मुलुकभर ३० हजार बढी जोन प्वाइन्ट छन् । ईसेवामार्फत् मोबाइल रिचार्ज, टपअफ, बिजुली तथा खानेपानीको बिल भुक्तानी, एयरलाइन्स, बसका तथा फिल्मका टिकट खरिदजस्ता सयभन्दा बढी सुविधा लिन सकिन्छ ।