बजाजको नयाँ सोरुम नवलपरासीको बर्दघाटमा

नेपालमा सबैभन्दा बढि बिक्री हुने अटोमोबाइल ब्राण्ड हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको पूर्ण सुविधा सहितको नयाँ सोरुम बर्दघाट ४ नवलपरासीमा संचालनमा ल्याएको छ ।

कम्पनीले आफ्नो गुणस्तरिय सेवा बिस्तारको क्रममा बस्याल अटोमोवाइल प्रालि बर्दघाटमा संचालनमा ल्याएको हो । एचएच बजाज आफ्ना ग्राहकका लागि उनीहरुले खरिद गरेको सामग्रीको अधिकतम मूल्य भूक्तान गर्न सँधै प्रतिबद्ध रहेको छ । नयाँ सोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने छ । एचएच बजाजले कहि कतैबाट पनि छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ सोरुम शुभारम्भ भएको अवसरमा, हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर योगेन गुरुङले भने ‘हामी बर्दघाट ४ नवलपरासीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले बर्दघाटमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएका छौ, भोलीको दिनमा अझ हाम्रो सेवालाई परिष्कृत गर्दै लाने प्रतिबद्ध ब्यक्त गछौं ।’