साङ्ग्रिला डेभलपमेन्ट बैङ्क र प्रभुु लाइफबीच बैङ्कासुुरेन्स सम्झौता

साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेड र प्रभुु लाइफ इन्स्योरेन्सबीच बैङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैङ्क र इन्स्योरेन्स कम्पनीबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमति पत्रमा बैङ्ककोतर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र इन्स्योरेन्स कम्पनीकातर्फबाट प्रमुुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरे ।

यस साङ्ग्रिला डेभलपमेन्ट बैङ्क समेत आवद्ध रहेको इन्स्योरेन्स कम्पनीबाट सम्झौता अनुुसार यस बैङ्कका कर्मचारी, सेयरधनी समुूह र ग्राहकहरुले बैङ्कको जुुन सुुकै शाखाबाट प्रभुु लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज र सरल रुपले लिन सक्ने छन ।

यसरी बैङ्कले आफ्ना सबै शाखाहरुबाट बैकिङ सेवाको अतिरिक्त उक्त लाइफ इन्स्योरेन्सले प्रदान गर्ने विविध प्रोडक्टहरुलाई यथाशिघ्र सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको छ ।