आईजीआइ र ब्लु क्रस अस्पतालबीच नगद रहित सेवा सम्झौता

स्वास्थ्य सेवामा ग्राहकको पहँुच सहज र सर्वसलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स र ब्लु क्रस अस्पताल प्रालिबीच आफ्ना ग्राहकहरुलाई नगद रहित हस्पिटलाईजेसन सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म ब्लु क्रस अस्पतालाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडकातर्फबाट नायब महाप्रबन्धक पवन थापा र ब्लु क्रस अस्पतालतर्फबाट सदस्य सचिब तथा कार्यकारी समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरे ।