गरिमा विकास बैङ्कको नयाँ प्रडक्ट बजारमा

गरिमा विकास बैङ्कको आफ्नो रेमिट प्रोडक्ट “गरिमा रेमिट” सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमकाबीच बैङ्कका सञ्चालक डा. आनन्द प्रसाद श्रेष्ठले गरिमा रेमिटको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सञ्चालक श्रेष्ठले विकास बैङ्कले ग्राहकहरुलाई प्रदान गर्ने सेवामा विविधिकरण गर्दै जाने बताए । यस रेमिटको माध्यमबाट देशका विभिन्न स्थानहरुमा रहने गरिमा रेमिटका एजेण्टमार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तरण गर्न सकिने बताए ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बर्तमान प्रतिस्पर्धात्मक वातावरण, सेवाको विविधकरण तथा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै रेमिट्यान्स प्रोडक्ट सञ्चालनमा ल्याएको र छोटो समयभित्र नै गरिमा रेमिटलाई एउटा स्थापित रेमिट ब्राण्ड बनाउने गरि कार्य गरिने बताए ।