सुजुकी इन्ट्रडरले गरायो ग्राहकलाई सुकुटे यात्रा

भीजी अटोमोबाइल्सले सुजुकी इन्ट्रडर चलाउने बाइकधनीहरुलाई सुकुटेसम्मको यात्रामा सहभागी गराएको छ । यसको लागि भीजी सुजुकीले देशभरका सबै इन्ट्रडर चलाउनेहरुलाई आव्हान गरेको थियो र जस अनुसार ५० जना चालकहरुले सुकुटेको यात्रा तय गरेका थिए ।

भिजि सुजुकीले ५० जना बाइकचालकहरुलाई करिब २ महिना अघिमात्र बजारमा उपलब्ध गराइएको सुजुकी इन्ट्रडरको साथमा धावनमार्गको जस्तो अनुभव दिलाउन र आनन्दको महसुस गर्न एक अवसर प्रदान गरेको थियो ।

कम्पनीले बैशाख २८ र २९ गते २ दिन यात्रा गराएको थियो । टेकूबाट यात्रा शुरु भई थापाथली, माइतीघर, नयाँबानेश्वर, सूर्य्विनायक, जगाती, साँगा, बनेपा, धुलिखेल, पाँचखाल, दोलालघाटको बाटो भएर सुकुटेमा अवस्थित रिभर बे ¥याफ्टिङ एण्ड रिसोर्टमापुगेर टुङ्गिएको थियो । भोलिपल्ट त्यही रुटहुँदै काठमाडौं फर्किएका थिए । २ दिनको कार्यक्रममा बाइक चालकहरुले पौडी प्रतियोगीता, घैंटो फुटाउने (आँखामा पट्टि लगाएर) खेलिने खेलमा भाग लिएका थिए ।

सबै चालकहरुलाई नेपालको अत्यन्त भिरालो नदी र डरलाग्दो बेग भएको भोटेकोशी ¥याफ्टिङमा ¥याफ्ट गर्ने अवसर प्रदान गरिएको थियो ।