काब्रा एक्स्टुसनटेक्निकको सेमिनार

कम्पनीले प्लाष्टिक, पाइप तथा ब्लन फिल्म प्लान्टमा भएका आधुनिक प्रविधिका बारेमा उक्त क्षेत्रका व्यवसायी तथा उद्योगीलाई जानकारी दिने उद्देश्यले सो टेक्निकल सेमिनार आयोजना गरिएको जानकारी दिएको छ ।

भारतको प्रतिष्ठित ठूलो प्लाष्टिक तथा पाइप प्लान्ट उत्पादन गर्ने कम्पनीको काब्रा एक्स्टुसनटेक्निकको टेक्निकल सेमिनार सम्पन्न भएको छ ।

कम्पनीले प्लाष्टिक, पाइप तथा ब्लन फिल्म प्लान्टमा भएका आधुनिक प्रविधिका बारेमा उक्त क्षेत्रका व्यवसायी तथा उद्योगीलाई जानकारी दिने उद्देश्यले सो टेक्निकल सेमिनार आयोजना गरिएको जानकारी दिएको छ । करिब ५५ वर्षदेखि सञ्चालनरत काब्रा कम्पनीले नेपाल लगाएत विश्वका ८५ मुलुकमा १४ हजार मेसिन जडान गरेको छ ।

मर्मत सेवा र स्पेयर्स पार्टस्को सेवा प्रदान गर्दै नयाँ उचाइका साथ अगाडि बढिरहेको काब्रासँग पीभीसी तथा पीर्इ पाइप्सका लागि यूरोपको ब्याटेनफेल्ड, सिन्सीनाटी बेलिङग मेसिनको लागि मेकानर, कोरुगेटर्सको लागि यूनिकोर लगायत विदेशी साझेदारी रहेको काब्रा एक्टुसन टेक्निकका म्यानेजिङ डाइरेक्टर आनन्द काब्राले जानकारी दिए ।