ब्रोडब्यान्ड नेटवर्क निर्माणको समय सकियो, काम आधा मात्रै

समयसीमाभित्र सक्नुपर्ने काम नसकिँदा पनि ब्रोडब्यान्ड इन्टरनेट परियोजना व्यवस्थापन गर्ने नियामक निकाय चुपचाप बसिरहेको छ ।

नेपाल टेलिकमले नेपाल दूरसञ्चार कम्पनीको ब्रोडब्यान्ड नेटवर्क परियोजनाको काम आधा मात्रै सम्पन्न गरेको छ । परियोजनाको समयसीमा सकिए पनि हालसम्म टेलिकमले आधा मात्रै काम सकेको छ ।

टेलिकमले करिब २१ करोड लगत रकममा भूकम्पबाट अति प्रभावित चार जिल्ला काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका प्रत्येक गाउँपालिका, विभिन्न शैक्षिक संस्था, स्वास्थ्य संस्था आदिका सात सय ४७ स्थानमा ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने निर्णयका साथ नेपाल दूरसञ्चार प्राधिकरणसँग २०१८ मे १७ सम्म सक्ने गरी एक २०१७ मे १७ मै सम्भौता गरेको थियो । तर टेलिकमले सम्झौता गरेको समय सकिए पनि आधा मात्र काम सम्पन्न भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल पनि सन्तोषजनक परियोजनाको काम नभएको दाबी गर्छन् । त्यसैले टेलिकमले थप दुई महिना समय थप्न सक्ने उनले जानकारी दिए । उक्त परियोजनाको काम ढिलाइ भए तथा समयसीमासम्म पनि काम सम्पन्न नगरे कन्ट्र्याक्टअनुसार कारबाही हुने उनले बताए । प्राधिकरणले पनि टेलिकमको उक्त परियोजनाको कामलाई नजिकबाट नियालेको उनको भनाइ छ ।

समयसीमाभित्र सक्नुपर्ने काम नसकिँदा पनि ब्रोडब्यान्ड इन्टरनेट परियोजना व्यवस्थापन गर्ने नियामक निकाय चुपचाप बसिरहेको छ । टेलिकमले एक वर्षभित्र भूकम्पबाट अति प्रभावित चार जिल्लाका कुल सात सय ४७ स्थानमा ब्रोडब्यान्ड नेटवर्क परियोजना सकिसक्नुपर्ने देखिन्छ । तर प्राधिकरणसँग भएको सम्झौताअनुरुपका प्रगति हुन नसकेको प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनालको भनाइ छ । अहिले टेलिकमको सम्झौता भएको मिति सकिसकेको छ ।

यो एक वर्षको समयावधिमा टेलिकमले आधा अथवा तीन सय ९१ स्थानमा मात्रै ब्रोडब्यान्ड इन्टरनेटको पहँुच पु¥याएको छ । अझै तीन सय ५६ स्थानमा कहिले सकिने भन्ने निश्चित छैन । मोबाइल सेवाप्रदायक नेपाल टेलिकमले सरकारको नियम तथा प्रक्रियाअनुसार जानुपर्ने भएकाले ब्रोडब्यान्ड परियोजनामा ढिलाइ भएको बताएको छ ।