पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि

सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईदुई रुपैयाँ मूल्य वृद्धि भएको हो । बढेको मूल्य बुधबार राती १२ बजेपछि लागू हुनेछ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।