गोर्खा ब्रुअरीको टुबोर्ग वियरले सांगीतिक अभियान ‘टुबोर्गओपन’ आयोजना गर्ने भएको छ । यो अभियानमा विश्वचर्चित सांगीतिक ब्यक्तित्वहरु ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ सांगितीक ट्रयाकहरु बनाउने कम्पनीले घोषणा गरेको हो ।
सांगीतिक अभियानमा नेपालका चर्चित ¥यापर लाहुरे र युवामाझ रुचाइएका गायक बिपुल क्षेत्रीले अन्तराष्ट्रिय संगीतकारहरुसँग सहकार्य गर्नेछन् । दुई नेपाली कलाकारले अन्तराष्ट्रिय कलाकारसँग मिलेर बिशेष ट्रयाकहरु निर्माण गर्ने गोर्खा बु्रअरीले जनाएको छ ।
अभियानमा अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ र डेनमार्कका कलाकार, ‘मो’ले सहभागिता जनाउनेछन् । उनीहरुले‘स्टे ओपन’ नामक ट्रयाक रचना गरेका छन् जसमा, विश्वभरका कलाकारलाई ‘ओपन टु मोर’ थिममा आफ्नै शब्दमा प्रस्तुत गरि पुनःलेखन गर्न आह्वान गरिएको छ।
यस अभियान अन्तर्गत रुसका डिजे तथा गायक, ईभान र्डोन, भारतका विशाल डढलानी, इटालीमा गायक–गीतकार लेभान्टेले अभियानको नेतृत्व गर्नेछन् । चीन, बल्गेरिया र म्यानमारका बजारहरुबाट अन्यकलाकारहरु निश्चित हुन बाँकी नै रहेको कम्पनीले जनाएको छ ।
¥यापर लाहुरेले बिदेशी संगीतका हस्तीहरुसँग काम गर्न पाउँदा उत्साहित भएको बताए । उनले भने ‘टुबोर्ग ओपनमा डिप्लो, मो र बिपुलसँग काम गर्न पाउँदा निकै खुशी छु । यस अभियानबाट, बिपुल र म ओपन फर मोर का लागि टुबोर्ग इन्टरनेशनल सँग केही नयाँ रचना गर्दैछौं ।”
टुबर्गको बिश्वब्यापी ट्रयाक मे को ११ तारिखमा रिलिज भएको थियो । देश अनुसारका स्थानीय ट्रयाकहरु आगामी जुनमा रिलिज गरिने बताइएको छ। यसमा सांगीतिक हस्तीहरुले थिम अनुसार ‘ओपन टु मोर’ यात्राको कथा बर्णन गर्नेछन् ।
यो अभियान कलाकारहरुको लागि ठूलो अवसर हो र टुबोर्ग नेपालको लागि यो सहकार्य निकै अविस्मरणिय रहने गोर्खा बु्रअरीका बजार निर्देशक बैभब शर्माले बताए ।