बजाज डोमिनार मोटोग्राफी

हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरु मध्ये अडिसनबाट ११ जना छनोट गरेर उनिहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ । हंशराज हुलासचन्द्र एण्ड कम्पनी बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।

कम्पनीले एचएच बजाजले डोमिनार ११ जनालाई शाहसी चालकहरु छनोट गरेर डोमिनार ४०० सँग यात्राको आनन्द लिन र अनुभब हाँसिल गर्ने अवसर प्रदान गरेको छ । यो यात्रा २० मेबाट सुरु भएर ३० मेसम्म चल्नेछ । चालकका लागि राइड रुट काठमाडौंबाट सुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डोमिनार मोटोग्राफीको बिषयमा बोल्दै भने ‘साहसी एवं निडर ११ जना डोमिनार चालकहरुलाई एभरेष्ट वेस क्याम्पसम्मको यात्रा गराउन पाउँदा हामीलाई खुशी लागेको छ । यो सहभागीहरुका लागि एभरेष्ट वेस क्याम्पसम्म बाइक चलाउनुको एक आल्हादित र साहसिक यात्राको अनुभूति बटुल्ने अवसर थियो । डोमिनार– मोटोग्राफीले नेपाल र चीन बीच रोमाञ्चकता, नदेखिएका र चर्चामा नआएका दुबै देशका अलौकिक स्थानका मनमोहक दृश्यावलीहरुलाई उजागर गरिदिएको छ ।’