बेलायतको राजकीय बिहे जस्तै महँगो आईफोन एक्स

यस फोनको पछाडिपट्टि ह्यारी र मेगनको तस्बिर कुँदिएको छ ।

जे भए पनि त होइन, तर चार हजार छ सय डलर पर्ने गोल्डजेनीको नवीनतम आईफोन शाही बिहे भनेपछि साँच्चिकै मरिहत्ते गर्ने लहडीहरुका लागि हो ।

शाही बिहे देखेर इर्ष्या मानेका प्रेमीहरुका लागि एप्पलले ह्यारी तथा मेगनको बिहेसँग सम्बन्धित सीमित संस्करणमा २४ क्यारेट सुनको आईफोन एक्स बजारमा ल्याएको हो । यस फोनको पछाडिपट्टि ह्यारी र मेगनको तस्बिर कुँदिएको छ ।

नव विवाहित दम्पतिको मात्र होइन, आईफोन एक्स डाइमन्ड क्लस्टर रोयल वेडिङ संस्करणमा एप्पलको लोगो पनि हीरा जडित छ । यसको मूल्य चाहिँ जो कोहीको खल्ती रित्याउन सक्छ । यदि तपाईंसँग चार हजार छ सय डलर छ भने यो आईफोन किन्न सक्नुहुन्छ । होइन, अलि सस्तोखाले तर शाही बिहेकै चिनो चाहिन्छ भने आईफोन एक्स एलिट रोयल वेडिङ संस्करण किन्न सक्नुहुन्छ, मूल्यः मात्र चार हजार डलर । सोच्नुस्, सोच्नुस् – तर, यो शाही बिहेको चिनो हो । के को लोभ गर्नु है ।

लिने नै हो भने त आजै अर्डर गरौं । किनकि प्रत्येक संस्करणमा ९९ ओटा आईफोन गरी जम्मा एक सय ९८ ओटा मात्र निकालिएका छन् ।