सिन्डिकेट विरूद्ध अाक्रमक बन्दै सरकार, सबै क्षेत्रका सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्ने घोषण

पूर्वाधारविद् डा. सुर्यराज आचार्यले अहिले पनि मुलुकमा नुन देखि सुनसम्म सिन्डिकेटले नै चलेको अवस्थामा सरकार यो कदम चाल्नु राम्रो कुरा भएको बताए । सरकार यस सबै क्षेत्रका सिन्डिकेट तोड्न चहान्छ भने, सबै भन्दा पहिला नीति तथा कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाई छ ।

सरकारले मुलुकमा भएका सबै किसिमका सिन्डिकेट कार्टेलिङ अन्त्य गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादवि भन्डारीले संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७५÷०७६को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सिन्डिकेट हटाउने विषयलाई उच्च प्राथामिकतामा राख्दै अब कुनै पनि क्षेत्रमा सिन्डिकेट नरहने बताइन् ।

केही हप्ता अघि सरकारले यातायात क्षेत्रको सिन्डिकेट तोडेको थियो । सरकारले देशैभर छरिएर रहेका सिन्डिकेट धारी यातायात व्यवसायीको बैङ्क खाता रोकेपछि लामो समय देखि असन्तुष्टि जनाउँदै आएका व्यवसयीले सरकार समक्ष पाँच बुँदे घोषण पत्र जारी गर्दै यातायात क्षेत्रलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका थिए ।

पूर्वाधारविद् डा. सुर्यराज आचार्यले अहिले पनि मुलुकमा नुन देखि सुनसम्म सिन्डिकेटले नै चलेको अवस्थामा सरकार यो कदम चाल्नु राम्रो कुरा भएको बताए । सरकार यस सबै क्षेत्रका सिन्डिकेट तोड्न चहान्छ भने, सबै भन्दा पहिला नीति तथा कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाई छ । देशमा रहेको सबै सिन्डिकेट तोड्छु भन्नु ठूलो कुरा होइन त्यसलाई व्यवहारिक रुपमा लागू गर्न ठूलो कुरा भएको आचार्यले बताए ।