लमही नगरपालिका–३ वनगाउँमा कुचो उद्योग स्थापना गरिएको छ । स्थानीयवासी दुई जनाले आफ्नै लगानीमा ‘सन्जु आरती कुचो उद्योग’ स्थापना गरेका हुन् । वनगाउँका रामचरण चौधरी र भोजराज भुसालले ५० लाख रूपैयाँको लगानीमा सो उद्योग स्थापना गरेका हुन् । बजारमा भारतीय कुचोले ठाउँ लिएका कारण उद्योग सञ्चालन गरेको सञ्चालक भुसालले बताए । स्थानीयवासीको मागलाई ध्यानमा राखि उद्योग सञ्चालन गरेको...
लमही नगरपालिका–३ वनगाउँमा कुचो उद्योग स्थापना गरिएको छ ।
स्थानीयवासी दुई जनाले आफ्नै लगानीमा ‘सन्जु आरती कुचो उद्योग’ स्थापना गरेका हुन् । वनगाउँका रामचरण चौधरी र भोजराज भुसालले ५० लाख रूपैयाँको लगानीमा सो उद्योग स्थापना गरेका हुन् ।
बजारमा भारतीय कुचोले ठाउँ लिएका कारण उद्योग सञ्चालन गरेको सञ्चालक भुसालले बताए । स्थानीयवासीको मागलाई ध्यानमा राखि उद्योग सञ्चालन गरेको उनको भनाइ छ ।
सो उद्योगको आज एक कार्यक्रमबीच लमही नगरपालिका–३ का वडाध्यक्ष बाबुराम चौधरीले उद्घाटन गरे । रासस