विभागको पछिल्लो तथ्याङ्कअनुसार व्यक्तिगततर्फ जम्मा आठ सय १८ उजुरी परेका छन् । गत फागुनको तुलनामा यो सङ्ख्या एक सय चारले बढी हो । फागुनमा सात सय १४ व्यक्तिगत उजुरी परेकोमा चैतमा त्यो सङ्ख्या बढेर १ हजार ५ सय ४ पुगेको छ ।
वैदेशिक रोजगारीका नाममा ठगी धन्दा हुने क्रम बढ्दै गएको छ । सरकारले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने म्यानपावर व्यवसायी तथा दलाललाई निरन्तर पक्राउ गरे पनि वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुक जाने कामदार ठगिने क्रम भने रोकिएको छैन । वैदेशिक रोजगार विभागमा दैनिक उजुरी लिएर पुग्ने कामदारको सङ्ख्या निरन्तर उकालो लाग्दो छ ।
चालू आर्थिक वर्षको नौ महिनासम्म वैदेशिक रोजगार विभागमा कुल एक हजार पाँच सय ८७ उजुरी परेका छन् । गत फागुनको तुलनामा यो सङ्ख्या दुई सय चारले बढी हो । फागुनमा उजुरीको सङ्ख्या एक हजार तीन सय ८३ थियो ।
विभागको पछिल्लो तथ्याङ्कअनुसार व्यक्तिगततर्फ जम्मा आठ सय १८ उजुरी परेका छन् । गत फागुनको तुलनामा यो सङ्ख्या एक सय चारले बढी हो । फागुनमा सात सय १४ व्यक्तिगत उजुरी परेकोमा चैतमा त्यो सङ्ख्या बढेर १ हजार ५ सय ४ पुगेको छ ।
व्यक्तिगततर्फ पनि विभागमा उजुरी पर्ने क्रम निरन्तर बढेको छ । व्यक्तिगततर्फ विभागमा सात सय ६९ उजुरी परेको विभागको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कअनुसार गत फागुनको तुलनामा चैतमा एक सय उजुरी बढी परेका छन् । फागुनमा भने ६ सय ६९ उजुरी परेका थिए ।
विभागको पछिल्लो तथ्याङ्कलाई हेर्दे वैदेशिक रोजगारीमा जाने कामदार व्यक्तिगत दलालबाटै बढी ठगिने गरेको वैदेशिक उजुरी शाखाले जानकारी दिएको छ । व्यक्तिगत उजुरीको तुलनामा संस्थागत उजरी ४९ जनाको सङ्ख्यामा बढी हो ।
त्यसैगरी व्यक्तिगत र संस्थागत गरी विभागमा उजुरी दाबी रकम ७८ करोड २६ लाख ५२ हजार नौ सय ६९ रुपैयाँ रहेको छ भने भराएको बिगो रकम १६ करोड ३५ लाख ३० हजार ६ सय ११ पुगेको छ ।
वैदेशिक ठगी गर्ने व्यक्तिगत तथा संस्थागत गरी कुल आठ सय ७४ ओटा उजुरी आदालतमा दायर भएका छन् । अदालतमा दायर भएका मुद्दातर्फ भने व्यक्तिगत तर्फमात्र उजुरी दायर भएका छन् । संस्थागततर्फ दायर भएका मुद्दा फरफारकबाट उजुरी मिलाउने क्रम बढेको छ । जसमा दुवैतर्फका जम्मा कुल आठ सय ७४ उजुरी मिलाइएकोमा संस्थागततर्फमा मात्रै सात सय १८ उजुरी फरफाराक गरिएको छ ।
अदालतमा बिगो दाबी कायम रहेको रकम भने २३ करोड ३५ लाख ३२ हजार एक सय दुई रुपैयाँ रहेको छ । विभागबाट निर्णय भएको जरिवाना रकम २५ लाख ५० रुपैयाँ छ ।
कामदारलाई विभिन्न प्रलोभनमा पारेर ठगी धन्दा चलाउने म्यानपावर व्यवसायीहरुलाई कारवाही गर्न सरकार प्रतिबद्ध भएर लगेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव निरौलाले बताए । सरकारले ठगी धन्दा चलाउने दलाललाई पक्राउ गर्दै आए पनि विभिन्न प्रलोभनमा परी कामदार ठगिने गरेको समेत उनको भनाइ छ ।
उनले विभागमा वैदेशिक रोजगारीका नाममा ठगी रोक्न प्रत्यक बुधबार सावजनिक सुनुवाइ हुने गरेकाले ठगीधन्दा रोक्न विभाग कडाइका साथ लागेको उनलेल जानकारी दिए । खाडी तथा अन्य मुलुकमा अशिक्षित व्यक्ति जाने भएका कारण पनि ठगीधन्दा नरोकिएको उनको भनाइ छ । ‘नेपालबाट काम गर्न जाने प्रायः अशिक्षित कामदार हुने गरेका छन् । उनीहरु नै बढी प्रलोभनमा फस्ने गरेको पाइएको छ,’ उनले भने ।