केही समयअघि मात्र सार्वजनिक भएको टीभीएस आरटी आर अपाचे २०० ले पनि नेपाली युवाहरुको मन जितेको हुँदा आउँदो नाडा सोमा सार्वजनिक हुने अपाचे आरआर ३१० ले पनि नेपाली मोटरसाइकल प्रेमीलाई राम्रो प्रभाव पार्ने देखिन्छ ।
नेपाली मोटरसाइकल बजारमा ठूलो हिस्सा ओगट्दै आएको टीभीएस अपाचे नयाँ अवतारमा आउने भएको छ । नेपालका लागि यसको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आगामी नाडा अटो सोमा नयाँ विशेषताका साथ अपाचे आरआर ३१० सार्वजनिक गर्ने जानकारी दिएको छ ।
बजारमा विभिन्न कम्पनीका फरक फरक मोटरसाइकल भित्र्याउने क्रम चलिरहँदा जगदम्बाले अपाचेको उच्च पावर क्षमताको नयाँ भर्सन मोटरसाइकल सार्वजनिक गर्न लागेको अपाचे नक्साल सोरुमकी इन्चार्ज भवानी भण्डारीले जानकारी दिइन् ।
केही समयअघि मात्र सार्वजनिक भएको टीभीएस आरटी आर अपाचे २०० ले पनि नेपाली युवाहरुको मन जितेको हुँदा आउँदो नाडा सोमा सार्वजनिक हुने अपाचे आरआर ३१० ले पनि नेपाली मोटरसाइकल प्रेमीलाई राम्रो प्रभाव पार्ने देखिन्छ ।
अपाचे आरआर ३१० का विशेषता
टीभीएस अपाचे आरआर ३१० अन्य मोटरसाइकलको तुलनामा फरक तर आकर्षक छ । मोटरसाइकलमा ३१२.२ सीसीको इन्जिन छ । त्यस्तै यस बाइकले प्रतिघण्टा ३१ किलोमिटरको माइलेज दिने कम्पनीले जानकारी दिएको छ ।
३४ पीएस ९७०० आरपीएम पावर भएको सो मोटरसाइकलमा ६ ओटा गिएर छन् । ट्युबलेस टायर भएकाले जस्तोसुकै सडकमा पनि सामान्य तरिकाले गुड्न सक्छ । नेपाली बजारमा यसको मूल्य भने नाडा अटो सोमै सार्वजनिक गरिने सोरुम इन्चार्ज भण्डारीले बताइन् ।