ओपोलाई ईन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर प्याटेन्ट

तस्बिरसहित प्रस्तुत डक्युमेन्ट्सका आधारमा स्क्यानरको प्रयोग उपकरण अनलकका लागि मात्र नभई भुक्तानी प्राधिकरणका लागि समेत उपयोगी हुने देखिन्छ ।

ओपोलाई ईन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानरका लागि प्याटेन्ट प्रदान गरिएको छ । द स्टेट ईन्टेलेक्चुअल प्रोपर्टी अफिस अफ चाइना (एसआईपीओ)ले कम्पनीलाई उक्त प्याटेन्ट प्रदान गरेको हो । प्याटेन्ट फाइलिङका क्रममा देखापरेका तस्बिर नियाल्दा स्क्यानरले फोनको तल्लो बेजलभन्दा माथी ठूलै स्थान ओगट्ने देखिन्छ । तस्बिर नियाल्दा फिजिकल होम बटन सहितको फोन स्क्रिनमा यसको प्रयोग गरिएको देखिन्छ । तर, भविष्यमा वास्तवमै सार्वजनिक हुँदा भने यसमा ब्यापक परिमार्जन हुने सम्भावना प्रबल छ ।

तस्बिरसहित प्रस्तुत डक्युमेन्ट्सका आधारमा स्क्यानरको प्रयोग उपकरण अनलकका लागि मात्र नभई भुक्तानी प्राधिकरणका लागि समेत उपयोगी हुने देखिन्छ ।

‘ओपोमा हामी हाम्रा उपभोक्ताहरुका लागि नौला तथा नवप्रवर्तनात्मक प्रविधि विकासका लागि निरन्तर आरएन्डडी प्रक्रियामा खटिरहेका हुन्छौँ । ईन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर प्याटेन्ट पनि हाम्रो वर्षौँको आरएन्डडीको उपज हो,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ’निकट भविष्यमा नै नेपाली उपभोक्तालाई यस नवप्रवर्तनात्मक प्रविधि प्रयोगको मज्जा दिन ईन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर प्रविधि समाहित उत्पादन ल्याउने हाम्रो योजना छ ।’