रेनोको लागि नेपालको आधिकारिक वितरक एड्भान्स अटो मोवाइल प्रालिले ‘रेनो वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकल रेनोका उपभोक्ताहरुलाई सेवा सुरुआत गरेको छ ।
रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा ल्याएको हो । यो सेवाबाट रेनोको उपभोत्ताहरुले लाभ लिन सक्नेछन् । रेनोको यो सेवाले बिशेष गरि काठमाडौँ उपत्यकाभरि फैलिएर रहेका आफ्ना ग्राहकहरुलाई प्रभावकारी र अत्यावश्यक समयको बेला तत्पर सेवाहरु प्रदान गर्ने छ ।
यो सेवा उपत्यकाका ग्राहकले घरबाटै प्राप्त गर्न सक्नेछन् । यस सर्भिस सेवा पूर्णत अत्याधुनिक र सुविधा सम्पन्न हुनुको साथै यो सेवाबाट कारमा आउने ८० प्रतिशत समस्या त्यही नै समाधान हुनेछन् । रेनो उपभोक्ताहरूले यो सेवा लिनको लागि १६६०-०१-१६६६६ टोल फ्री नम्बरमा कल गर्न सकिने छ ।