सीजी फुड्सको ‘क्विक्स फ्रेन्डसिप प्याक’ सार्वजनिक

सीजी फुड्सले ‘क्विक्स’ ब्रान्डअन्तर्गत ‘क्विक्स पोट्याटो चिप्स’को ‘फ्रेन्डसिप प्याक’ सार्वजनिक गरेको छ । २५ ग्राममा उपलब्ध यो प्याकको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ ।

बैखाले उपभोक्ताको जिब्रोमा झुन्डिन सफल ‘क्विक्स’ ब्रान्डको नयाँ ‘फ्रेन्डसिप प्याक’ सावर क्रिम र प्याजको स्वादमा उपलब्ध छ । स्वादलाई लामो समयसम्म कायमै राख्न यसमा अन्तर्राष्ट्रियबजारसुहाउँदो स्वस्थ मेटालिक ¥यापर प्रयोग गरिएको छ । नेपालकै एकमात्र स्वचालित ‘पोट्याटो चिप्सप्लान्ट’मा उत्पादित यो प्याक विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम छ । खाँदा कुरुमकुरुम हुन्छ र उत्तिकै स्वादिलो पनि छ ।

स्न्याक्स उपभोगमा आएको परिवर्तनसँगै सीजी फुड्सले उपभोक्तालाई स्वस्थ स्न्याक्स उपलब्ध गराउन निरन्तर रूपमा यससम्बन्धी अध्ययन÷अनुसन्धान गर्दै आएको छ । हाम्रो यही मेहनत र उपभोक्तामुखी उत्पादनका कारण ‘क्विक्स’ ब्रान्ड विगत तीन दशकदेखि सबैखाले उपभोक्ताको पहिलो रोजाइको साथी बन्दै आएको छ ।