भोल्भोको शाखा पोखराको चाउथेमा

यस शाखाबाट अब प्रदेश ४ का जिल्लाहरु कास्की, पर्वत, लमजुङ, गोर्खा, तनहुँ, स्याङ्जा, बागलुङ, मुस्ताङ, मनाङ र नवलपरासीका ग्राहकलाई भोल्भो र एसडीएलजीका उत्पादनहरुको जगेडा पार्टपुर्जा सजिलै उपलब्ध हुनेछ ।

भोल्भो निर्माण उपकरणको नेपालस्थित आधिकारिक वितरक एक्स्प्लोर अर्थमुभर्सले प्रदेश ४ अन्तर्गत पोखराको चाउथेमा नयाँ शाखा खोलेको छ ।

यस शाखाबाट अब प्रदेश ४ का जिल्लाहरु कास्की, पर्वत, लमजुङ, गोर्खा, तनहुँ, स्याङ्जा, बागलुङ, मुस्ताङ, मनाङ र नवलपरासीका ग्राहकलाई भोल्भो र एसडीएलजीका उत्पादनहरुको जगेडा पार्टपुर्जा सजिलै उपलब्ध हुनेछ । एक्स्प्लोर अर्थमुभर्सले भोल्भो र एसडीएलजीका विविध उत्पादनहरु जस्तैः एक्स्क्याभेटर ईसी २१० डी, ग्रेडर जी ९१९० र जी ९१३८, लोडर एलजी ९३६ एल र एलजी ९५६ एफ, कम्प्याक्टर एसडी ११० बीए, ट्यान्डेम रोलर डीडी ९० बी र न्युम्याटिक रोलर पीटी २२० को कारोबार गर्छ ।

सेवा प्रक्रियालाई अझ विश्वसनीय र सुविधाजनक बनाउन कम्पनीले १०ः१ यान्त्रिक उपकरणको अनुपातमा प्राविधिकहरुको व्यवस्था गरी योग्य र क्षमतावान् आवासीय प्राविधिकहरुको व्यवस्था गरेको छ । ग्राहकहरुले आफ्नो निर्माण उपकरणका लागि बिक्रीपछिको सेवा सहजताका साथ प्राप्त गरेर बढीभन्दा बढी लाभ लिन सक्नेछन् ।

यस नयाँ शाखाबाट सर्भिस इन्जिनियर हप्ताको सातै दिन २४ सै घण्टा उपलब्ध हुनेछन् र सूचना पाएको २४ घण्टाभित्र इन्जिनियरहरु प्रदेशको कुनै पनि क्षेत्रमा पुग्नेछन् ।

शाखाको उद्घाटन गर्दै भोल्भो इस्ट एसिया प्यासिफिक, सिङ्गापुरका निर्देशक पे जिङ पेङले भोल्भोका नीति र नेपालका सम्बन्धमा लिइएका योजनामाथि प्रकाश पारेका थिए भने टिजेले उत्पादनको बजारीकरणका बारेमा बताएका थिए ।