काठमाडौं । पछिल्ला दिनमा सुनको भाउ घटे पनि उपभोक्तामा खासै उत्साह देखिएको छैन । विवाहको यो मौसममा समेत राजधानीको न्युरोडस्थित सुनचाँदी पसलहरुमा उपभोक्ताको चहलपहल बढ्न सकेको देखिँदैन ।
सोमबार छापावाल सुन प्रतितोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुन भने प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भयो ।
अघिल्लो दिन आइतबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ५४ हजार ५ सय रुपैयाँ रहेको थियो ।
तेजबी सुन भने प्रतितोला ५४ हजार २ सयमा किनबेच थियो ।सोमबार सुनको मुल्य २ सयले घटेर ५४ हजारमा किनमेल भएको हो ।
चाँदीको मूल्य भने स्थिर ७ सय १५ रुपैयाँमा स्थिर छ । विवाहको मौसम भएतापनि माग कमै भइरहेको व्यापारीहरु बताउँछन् । सुनको भाउ अझै घट्ने आशामा उपभोक्ताहरु रहेकोले सुनका गहना खरिद गर्ने उपभोक्ता कम देखिएको हुन सक्ने सुनचाँदी व्यवसायीहरु बताउँछन् ।