ग्रीसको मिकोनोस अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको पहिलो उडान

कतार एयरवेज समूहका मुख्य कार्यकारी अधिकृत अकबर अल बेकरले भने, ‘हामीले थिस्सलोनिकीसम्म सेवा शुरू गरेको केवल दुई महिनापछि नै हाम्रो उडान मिकोनोसको सुन्दर द्वीपमा गर्न पाउँदा हामी अति रोमाञ्चित भएका छौं ।’ यस उडानले कतार र ग्रीसको सम्बन्ध अझ मजबूत हुने बेकरले बताए ।

कतार एयरवेजले दोहादेखि मिकोनोससम्म नयाँ सीधा उडान सु गरेको छ । ग्रीसको सबैभन्दा लोकप्रिय यो द्वीपमा साताको चार उडान गर्ने कतार एयरवेजले बताएको छ ।

कतार एयरवेज समूहका मुख्य कार्यकारी अधिकृत अकबर अल बेकरले भने, ‘हामीले थिस्सलोनिकीसम्म सेवा शुरू गरेको केवल दुई महिनापछि नै हाम्रो उडान मिकोनोसको सुन्दर द्वीपमा गर्न पाउँदा हामी अति रोमाञ्चित भएका छौं ।’ यस उडानले कतार र ग्रीसको सम्बन्ध अझ मजबूत हुने बेकरले बताए ।

फ्रैपोर्ट ग्रीसका मुख्य कार्यकारी अधिकृत अलेक्जेन्डर जिनेलले भने, ‘हामी सबैले फ्रैपोर्ट ग्रीसमा कतार एयरवेजलाई स्वागत गर्न पाउँदा साह्रै खुसी छौं ।’
मिकोनोस अन्तर्राष्ट्रिय विमानस्थलका लागि साताका चार मौसमी उडान एयरबस ए ३२० द्वारा सञ्चालन गरिनेछन् जसमा बिजनेस क्लासका १२ र इकोनोमी क्लासमा १३२ सिट हुन्छन् ।

उडानहरु शनिबार, आइतबार, बुधबार र बिहीबार हुनेछन् ।