गुराँस लाइफ ११अाैं वर्षमा

केन्द्रीय कार्यालय तीनुकुने, काठमाडौं, क्षेत्रीय कार्यालय बिर्तामोड तथा बुटवल एवम् शाखा कार्यालय धरानमा भएको रक्तदान कार्यक्रममा २३१ जनाले रक्तदान गरे ।

‘गुराँस लाइफसँग सुरक्षित हाम्रो जिन्दगी’ भन्ने नाराका साथ १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । केन्द्रीय कार्यालय तीनुकुने, काठमाडौं, क्षेत्रीय कार्यालय बिर्तामोड तथा बुटवल एवम् शाखा कार्यालय धरानमा भएको रक्तदान कार्यक्रममा २३१ जनाले रक्तदान गरे ।

१० वर्षको अवधिमा मुलुकभरि १८ हजार प्रशिक्षित अभिकर्ता र ७० ओटा कार्यालयमार्फत बालबालिकाका लागि शैक्षिक योजना, सावधिक, आजीवन र पेन्सन सहितको बिमा योजना तथा वार्षिक नगद फिर्ता योजना समेटिएका विभिन्न १३ ओटा जीवन बिमा योजना ल्याएको छ ।

अन्य कम्पनीहरुको तुलनामा बिमाशुल्क दर कम रहेको तथा हालसम्म बोनस दर ७६ रुपैयाँसम्म दिइएको कम्पनीको दाबी भुक्तानी प्रक्रिया पनि छिटो, छरितो एवम् सरल छ ।