आइएमई र इण्डियास्थित मुथुतफाइनान्सबीच रेमिट्यान्स सम्झौता

नेपालस्थित आइएमई लिमिटेड र इण्डियास्थित मुथुतफाइनान्सबीच रेमिट्यान्स सम्झौता भएको छ । मुथुतफाइनान्सकातर्फबाट प्रमुख महाप्रवन्धक आर. के. बिजिमोन र आइएमई लिमिटेडकातर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, मुथुतफाइनान्स इन्डो–नेपाल रेमिट्यान्स प्रमुख अनिल कार्की र दुवै संस्थाका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्झौताअनुसार भारतमा रहेका नेपाली नागरिकले मुथुतफाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपाल पैसा पठाउन सकिने छ । यसरी पठाएको रकम नेपालमा रहेका ७ हजार १ सय भन्दा बढी आइएमई एजेन्ट आउटलेटबाट सजिलै भुक्तानी लिन सकिनेछ ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आइएमई र मुथुतफाइनान्सको सहकार्यपछि भारतमा रहेका नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउन सक्ने बताए । प्रवन्ध निर्देशक हेमराज ढकालले नेपालको पहिलो र सबैभन्दा ठूलो रेमिटेन्स कम्पनी आइएमई र मुथुतफाइनान्सकोसहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहज भएको बताए ।