नेपालमा इमल्सनको ठूलो माग रहेको र त्यसलाई पूर्ति गर्न कम्पनीले नयाँ प्लान्ट सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । कम्पनीले इमल्सन प्लान्टका लागि ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले बहुराष्ट्रिय पेन्टस् कम्पनीलाई लक्षित गरेर उत्पादन बजारमा ल्याउन लागेको हो ।
निम्बस समूहको इमल्सन प्लान्ट सञ्चालन अन्तिम चरणमा पुगेको छ । कम्पनीले केही वर्ष कम्पनीले पेन्ट्स बनाउन चाहिने महत्त्वपूर्ण कच्चापदार्थ नेपालमा पहिलो पटक उत्पादन गर्न लागेको थियो । हाल कम्पनीको ९५ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनी फ्याक्ट्री म्यानेजर शैलेश लामिछानेले जानकारी दिए ।
नेपालमा इमल्सनको ठूलो माग रहेको र त्यसलाई पूर्ति गर्न कम्पनीले नयाँ प्लान्ट सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । कम्पनीले इमल्सन प्लान्टका लागि ५० करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले बहुराष्ट्रिय पेन्टस् कम्पनीलाई लक्षित गरेर उत्पादन बजारमा ल्याउन लागेको हो ।
म्यानेजर लामिछानेका अनुसार अहिले मेसिन तथा अन्य प्राविधिक काम तीव्र्र गतिमा भइरहेको बताए । इमल्सन भनेको पेन्ट्स बनाउन आवश्यक पर्ने एक प्रकारको कच्चापदार्थ हो । यो कच्चापदार्थ हालसम्म विदेशबाट मात्रै आयात हुँदै आएको छ । असारदेखि कम्पनीले नेपालमै उत्पादन गर्न लागेको थियो ।
कम्पनीले सोही समयमा बाल्टीको उत्पादन पनि बजारमा ल्याउने तयारी थालेको छ । त्यसका लागि कम्पनीले ३० करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले दैनिक रुपमा ५ सय टन इमल्सन उत्पादन गने लक्ष्य लिएको छ । हाल बजारमा मासिक एक हजार २ सय टन छ । अहिले शतप्रशित आयात हुँदै आएको छ । कम्पनीको उत्पादन बजारमा आएपछि मागको ९० प्रतिशत निम्बसको उत्पादनले पूरा गर्ने लामिछानेले जानकारी दिए ।
कम्पनीले हेटौंडा औद्योगिक क्षेत्रमा खोलिएको उद्योगले विशेषगरी एसियन पेन्ट्स नेरोल्याकलगायतका कम्पनीलाई बेच्ने योजना बनाएको छ । पेन्ट्सलाई आवश्यक पर्ने कच्चापदार्थमा आत्मनिर्भर बनाउने उद्देश्यले यो उद्योग खोल्न लागेको कम्पनीले जनाएको छ । हालसम्म यसका कच्चा पदार्थ भारत तथा स्रोत मुलुकबाट आयात हुँदै आइरहेको छ ।