रेनो सर्भिस क्याम्प सहर–सहरमा

रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स् प्रालिले आफ्नो उपभोक्ताको सुविधाको लागि ‘रेनो सर्भिस क्याम्प’ यहि मिति मंसिर २६ गते देखि सञ्चालनमा ल्याएको छ । यो सर्भिस क्याम्प पुस २० गतेसम्म नेपालका बिभिन्न शहरहरुमा आयोजना हुने छ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् ।

रेनोले यो सर्भिस क्याम्पको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ राखेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुबिधा दिने छ । यो सर्भिस क्याम्प नेपालका मुख्य सहरहरुमा सञ्चालन हुने छ । जसमा साहारा अटोमोवाईल्स एण्ड कम्पनी प्रालि बिर्तामोड झापा ( मंसिर २६ र २७ ) गते, महाबिर अटोमोवाइल्स बिराटनगर (मंसिर २८ र २९), न्यु नारायणी मोर्टस् जनकपुर (पुस २), युनाइटेड अटो कन्र्सन नारायणगढ (पुस ४ र ५), जुपिटर ह्वल्स बुटबल (पुस ७ र ८), भैरहवा अटो कम्पनी भैरहवा (पुस ९ र १०), जोशी अटो भिल्ला दाङ (पुस १२), बगेश्वरी ट्रेड इन्टरनेशनल, नेपालगन्ज (पुस १४), विषेश माटोकर्प प्रालि धनगढी (पुस १६) र जोन्छेन ट्रेर्डस पोखरा (पुस १९ र २०) यी बिभिन्न सहरमा आयोजना हँुदैछ ।
यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले बिभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निश्ल्क दिइने छ ।