पेट्राेलियम पदार्थकाे मूल्य फेरी बढ्याे, पेट्राेल, डिजेल र मट्टीतेलमा तीन/तीन रूपैयाँ मूल्यवृद्धि

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य बढेपछि त्यसकाे असर नेपालमा परेकाे हाे । नेपालमा विगत केही महिनादेखि पेट्राेलियम पदार्थकाे मूल्य उकालाे लाग्दै अाएकाे छ ।

नेपाल अायल  निगमले पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे छ ।  निगमले पेट्राेल, डिजेल, तथा मट्टीतेलकाे मूल्य तीन/तीन रूपैयाँ बढाएकाे हाे । निगमले बढाएकाे मूल्य शनिबार राति १२ बजेबाट कार्यान्वयनमा अाउने निगमले जनाएकाे छ ।

हवाइ इन्धनमा स्वदेशी विमानहरूले भर्ने इन्धनमा पाँच रूपयाँले बढोत्तरी गरेको छ भने अन्तराष्ट्रिय विमानहरूले भर्ने इन्धनमा प्रति हजार लिटर ७५ अमेरीकी डलरले मूल्य बढाएको छ।

रातिदेखि पेट्राेलकाे एक सय १३ तथा डिजेल र मट्टितेलकाे मूल्य ९५ रूपैयाँ ताेकिएकाे निगमले जनाएकाे छ । यसअघि १ सय १० रूपैयाँ पेट्राेल तथा डिजेल र मट्टीतेलकाे मूल्य ९२ रूपैयाँ कायम गरिएकाे थियाे ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य निरन्तर उकालाे लागे पछि त्यसकाे प्रभाव नेपालमा परेकाे निगमले जनाएकाे छ । निगमले ग्यासकाे मूल्य यथावत राखेकाे छ । तर, ग्यासमा प्रतिसिलिन्डर एक सय ३९ रूपैयाँ घाटा छ । नयाँ मूल्य सूचि अनुसार नेपाल आयल निगमलाई पेट्रोलमा १.५९ रूपैयाँ तथा डिजेल/मट्टितेलमा ३.४९ रूपैयाँ घाटा छ। निगमलार्इ हाल १८ कराेड ६२ लाख रूपैयाँ घाटा रहेकाे छ ।