मोटोरोला नेपाल र खल्तीले नयाँ स्मार्टफोनका ग्राहकहरूबीच नेपालमा डिजिटल भुक्तानी बढाउन रणनीतिक साझेदारीको घोषणा गरेका छन् । सम्झौताअनुसार खल्तीले चार मोडेलका मोटोरोला स्मार्टफोनमा दुई हजार रुपैयाँसम्म खल्तीमा पैसा फिर्ता दिनेछ । यस अभियानको माध्यमद्वारा मोटोरोलाले नेपालमा स्मार्टफोन प्रयोगकर्ताबीच डिजिटल माध्यमद्वारा पेमेन्ट गर्ने बानी प्रोत्साहित गर्दै छ ।
‘हामीले केवल हार्डवेयर र स्मार्टफोन मात्रै बिक्री गरेका छैनौँ, आफ्ना दैनिक कार्यहरु सहज बनाउन स्मार्ट तरिकाले फोन प्रयोग गर्न पनि प्रोत्साहित गरिरहेका छौं । केवल फेसबुक र अन्य मनोरञ्जनात्मक एप मात्र प्रयोग गरेर तपाईं स्मार्ट हुन सक्नुहुन्न । तपाईं आफ्नो जीवन सजिलो र सुविधाजनक बनाउन स्मार्ट तरिकाले फोन प्रयोग गर्नुपर्छ,’ नेपालका लागि मोटोरोलाको आधिकारिक बिक्रेता लाइफ कमका प्रबन्ध निर्देशक अमित अग्रवालले भने ।
अनलाइनबाट सजिलै भुक्तानी गरी समय र पैसाको सदुपयोग गर्ने जस्ता सेवाको आत्मसात् गर्न सुरुवात गर्नुपर्छ । ‘खल्तीले नेपालमा मोबाइल भुक्तानी प्रवद्र्धन गर्ने काम गर्दै छ । तसर्थ, खल्तीसँग डिजिटल भुक्तानी बढाउन र स्मार्टफोन प्रयोगकर्ताहरूलाई अझ बढी स्मार्ट बनाउनका लागि हामीले सहकार्य सुरुवात गरेका हौं’, उनले भने ।