आईएमई इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच नगदरहित सेवा

सम्झौता पश्चात् आईएमई इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमालेखको सीमासम्म ग्राण्डी हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त हुनेछ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेसनल हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आईएमई इन्स्योरेन्सका नायब महाप्रबन्धक पवन थापा र ग्राण्डी हस्पिटलका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले हस्ताक्षर गरे ।

सम्झौता पश्चात् आईएमई इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहकको बिमालेखको सीमासम्म ग्राण्डी हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त हुनेछ । सोही अवसरमा आईएमई इन्स्योरेन्सका नायब महाप्रबन्धक पवन थापाले ग्राण्डी हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहकलाई बिमालेखमा तोकिएको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा सुविधा प्रदान गर्ने सम्झौता गरेकोमा सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।

सोही अवसरमा ग्राण्डी हस्पिटलले आफ्ना ग्राहकलाई आईएमई इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बिमालेख खरिद गरी अस्पतालसँग बिमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बिमा सेवा आईएमई इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरे ।