एप्पलले आईफोनको अपरेटिङ सिस्टम आईओएस १२ लन्च गरेको छ । यसमा सफारी ब्राउजरमा इन्टेलिजेन्स ट्र्याकिङ प्रिभेन्सन जस्ता फिचर्स राखिएका छन् । जसको सहायताले प्रयोगकर्ताको मन्जुरीबिना ट्र्याक गर्ने सबै साइटलाई सफारीले ब्लक गरिदिनेछ ।
विश्वको चर्चित कम्पनी एप्पलको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स अमेरिकाको क्यालिफोर्निया सहरमा ४ देखि ८ जुन २०१८ सम्म हुँदैछ । यस कन्फ्रेन्समा एप्पलले कैयौं ठूला घोषणा गरेको छ । कन्फ्रेन्समा सार्वजनिक गरिएका केही प्रमुख प्रविधि हेरौं :
फेसबुकमा ट्र्याक हुनबाट जोगाउँछ सफारी ब्राउजरले
एप्पलले आईफोनको अपरेटिङ सिस्टम आईओएस १२ लन्च गरेको छ । यसमा सफारी ब्राउजरमा इन्टेलिजेन्स ट्र्याकिङ प्रिभेन्सन जस्ता फिचर्स राखिएका छन् । जसको सहायताले प्रयोगकर्ताको मन्जुरीबिना ट्र्याक गर्ने सबै साइटलाई सफारीले ब्लक गरिदिनेछ । यसका साथै अन्य कुनै वेबसाइटमा नयाँ आईडी बनाउँदा सफारीले आफैं एउटा स्ट्रोङ पासवर्ड राखिदिन्छ जसलाई तपाईंले पछि चाहेका बेला परिवर्तन गर्न सक्नुहुने छ ।
एप्पलले आईफोन एक्समा इमोजी जस्तै विभिन्न किसिमका एनिमोजी लन्च गरेको थियो । अब त्यसमा थप चार ओटा नयाँ एनिमोजी समावेश गरिएको छ । घोस्ट, कोयला, टाइगर तथा टी–रेक्स नामका एनिमोजी लन्च गरियो ।
म्यासेज क्यामरामा गज्जबको इफेक्ट्स
एप्पलले नयाँ अपडेटमार्फत म्यासेज र फेसटाइममा एनिमोजी, फिल्टर, टेक्स्ट, र वाटर कलर जस्ता गजबका रमाइला इफेक्ट्स ल्याएको छ । यसमा नयाँ लेबल और सेप पनि दिइएको छ जसको प्रयोगद्वारा युजरले फोटोको कुनै विशेष भागमा नयाँ क्याप्सन र टाइटल हाइलाइट गर्न सक्नेछन् ।
यसैगरी नयाँ आईओएस अपडेट भएपछि एप्पलको कार प्लेमा गुगल म्याप सपोर्ट हुनेछ । यसका अतिरिक्त कार प्लेले वेज पनि सपोर्ट गर्नेछ ।
यस पटक नोटिफिकेसनमा ग्रुप सपोर्ट गर्ने फिचर राखिएको छ । यसले अब हरेक नोटिफिकेसनलाई छुट्टाछुट्टै नदेखाएर ग्रुपमा सँगै देखाउनेछ, जसले गर्दा स्क्रिनमा धेरै ठाउँ ओगट्दैन ।
इमोजीको सट्टा मेमोजी
यो अपडेटमा प्रयोगकर्ताले एनिमोजी जस्तै आफ्नै मेमोजी बनाउन सक्नेछन् । यसमा युजरले म्यासेज ऐपमा आफ्नो इच्छाअनुसार स्टाइलिस मेमोजी बनाउन सक्नेछन् ।
भिडियो कल एकै पटक ३२ जनासँग
एप्पलले भिडियो कलिङका लागि फेस टाइम एपमा पनि ठूलो परिवर्तन गरेको छ । अब आईफोन र आईप्याडका युजरले फेसटाइम एपको माध्यमले एकै पटक ३२ जनासँग भिडियो कल गर्न सक्छन् । नोटिफिकेसनमा डु नट डिस्टर्ब र बेसिक एप्समा पनि परिवर्तन गरिएको छ । एप्पल बुक्स, एप्पल न्युज, स्टक्स जस्ता बेसिक एप्सको डिजाइनमा केही परिवर्तन गरिएको छ ।
यसैगरी एप्पलको भर्चुअल असिस्टेन्ट सिरीले अन्य एप्ससँग च्याट गर्नेछ । यसका लागि सिरीको नयाँ सर्टकट्स बनाउने घोषणा गरेको छ । यसको सहायताले सिरीले फोनमा भएका अरु एप्सलाई कन्ट्रोल गर्नेछ । यसका साथै प्रयोगकर्ताले सिरीलाई भ्वाइस कमान्ड पनि दिन सक्नेछन् ।