भारतको बनथरा डिपोमा पुगेका ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान

ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान भएपछि दैनिक रुपमा तेल चोरेर लाखौं रुपैयाँ कमाउँदै आएका चालकको कमाइ बन्द हुने निगमको विश्वास रहेको छ । इन्डियन आयल कर्पोरेसनबाट तेल ल्याउँदा ड्राइभरको बदमासीले बीचमै चोरी गर्दा चुहावट भई क्षति भएको ठहर गर्दै ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान सुरु गरेको हो ।

ट्याङ्करबाट हुने तेल चोरी रोक्न नेपाल आयल निगमले बनथरा डिपोमा पनि सेक्युरिटी लकिङ सिस्टम जडान सुरु गरेको छ ।
निगमले तेल चोरी रोक्न ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम गर्न देशका विभिन्न डिपोमा जडान सुरु गरिसकेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भोलि (बुधवार) बाट भारतको बनथरा डिपोबाट छुट्ने ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान गर्ने बताए । ‘दिपायल र धनगडी डिपोको लागि छुट्ने ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान हुन्छ,’ कार्यकारी निर्देशक भट्टराईले भने, ‘विस्तारै सबै ट्याङ्करमा लगाईन्छ ।’ सेक्युरिटी लकिङ सिस्टम जडानको लागि निगमका कर्मचारीहरु त्यसतर्फ लागिसकेको निर्देशक भट्टराईको भनाइ छ ।

ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान भएपछि दैनिक रुपमा तेल चोरेर लाखौं रुपैयाँ कमाउँदै आएका चालकको कमाइ बन्द हुने निगमको विश्वास रहेको छ । इन्डियन आयल कर्पोरेसनबाट तेल ल्याउँदा ड्राइभरको बदमासीले बीचमै चोरी गर्दा चुहावट भई क्षति भएको ठहर गर्दै ट्याङ्करमा सेक्युरिटी लकिङ सिस्टम जडान सुरु गरेको हो ।

निगमले यस अघि काठमाडाैं लगायत विभिन्न डिपोका ट्याङ्करमा लकिङ सिस्टम जडान गरिसकेको छ । मुलुकभर चल्ने १८ सय ट्याङ्करमध्ये ६ सयमा व्यवसायीले आफ्नै लगानीमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेका हुन् ।