‘गुणस्तरहीन खानेकुरा खुवाउनेलार्इ कानुनी कठघरामा ल्याउँछाै’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णाले उपभाेक्ताकाे मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गुणस्तरहीन खाद्य पदार्थ खुवाउने उद्याेगीलार्इ कानुनी कठघरामा ल्याउन अाफू दिनरात लागिपरेकाे बताएका छन् ।

मानव स्वास्थ्यलार्इ सामान्य पनि ख्याल समेत नगरी गुणस्तरहीन उत्पादन बजारमा पठाउने उद्याेगीकाे सूची तयार भएकाे र उनीहरूमाथि कारबाही सुरू गर्ने कर्णले बताए । खानेपानी, खाद्य पदार्थ, घिउतेल, दूधलगायतका वस्तु अहिले पनि ताेकिएकाे मापदण्डअनुसार उत्पादन नभएकाे पाइएकाे छ । त्यस्ता उत्पादन तथा उत्पादकविरूद्ध सरकार कडा रूपमा प्रस्तुत हुने उनले जानकारी  दिए ।

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले खाद्य स्वच्छता, मानव जीवनको लागि अपरिहार्य आवश्यकता भएको बताइन् । यस्ता उत्पादनमा लापरबाही गर्नेलार्इ सरकारले कुनै हालतमा नछाड्ने उनकाे भनाइ छ ।

१० औं खाद्य स्वच्छता दिवस २०७५ को उपलक्ष्यमा स्टाफ कलेज जावलाखेलमा आयोजित मुल समारोह कार्यक्रममा राज्यमन्त्री चौधरीले उपभाेक्ताका सामान्य ख्याल समेत नगरी गुणस्तरहीन उत्पादन बजारमा ल्याउनेलार्इ व्यवसायीलार्इ माफी नदिने बताइन ।

अहिलेको परिस्थितिमा खान पाउनु मात्रै मुख्य कुरा नभएको पनि स्पष्ट पारिन । हामीले दैनिक खाइरहेको खाद्य तथा पेय पदार्थ स्वच्छ छ वा छैन त्यो मुख्य कुरा रहेको उनकने भनाई छ ।

खाद्य तथा पेय पदार्थमा विभिन्न किसिमका मिसावटको कारणले मानव शरिरमा नयाँ नयाँ किसिमका रोग देखा परेको मान्छे बिरामी भएको र मृत्यु समेत हुने गरेको मन्त्री चौधरीले बताइन ।

खाद्य ऎन २०२३ र दाना ऎन २०३३ लाई सरकारले संसोधनको प्रक्रिया अगाडि बढाएको र छिटै कडा भन्दा कडा निति बनाइ मिसावट गर्नेलाई कार्वाही समेत गर्ने बताइन ।

जनताले उपभोग गर्ने सबै किसिमका खाद्य तथा पेय पदार्थ र पशुपंक्षी तथा जनावरहरुले उपभोग गर्ने दाना पदार्थहरु सबैको स्वच्छता र गुणस्तरीयता मापदण्ड बमोजिम छ वा छैन आफूलार्इ शंका लागेको खण्डमा खाद्य प्रबिधि तथा गुण नियन्त्रणको नजिकको कार्यलय, बिभाग वा मन्त्रालयमा जानकारी गराउन आग्रह गरिन ।

अनियमिता तथा गलत कार्यबारे सम्बन्धीत निकायमा जानकारी गराउनु सबैको दायित्व, जिम्मेवारी सम्झेको खण्डमा नियन्त्रण र कार्वाहीको दायरामा ल्याउन सकिने बताइन ।

दाना पदार्थको गुणस्तर समेत खाद्य पदार्थको स्वच्छता सङ्ग जोडिएको विषय भएकोले हामी सबै सचेत हुनुपर्ने र एकले अर्कोलाई सचेत गराउनु पर्ने राज्य मन्त्री चौधरीले बताइन ।

कार्यक्रममा कृषि ,भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचीव युवक ध्व्ज जिसी ,सह(सचिव योगेन्द्र कार्की ,खाद्य प्रविधि गुण नियन्त्रण बिभाग महानिर्देशक सञ्जीव कर्ण लगायत मन्त्रालय ,बिभागका कर्मचारीहरु ,सरोकारबाला ,उद्योगिहरु ,यो सङ्ग सम्बन्धित बिज्ञहरु र बिद्यार्थीहरुको समेत उपस्थित रहेको थियो ।