मनोज ग्यास उद्योगले ग्यास बिक्रेता र कर्मचारीका लागि सुरक्षा सम्वन्धि तालिम

मनोज ग्यास उद्योगले ग्यास बिक्रेता र कर्मचारीका लागि सुरक्षा सम्वन्धि तालिम आयोजना गरेको छ । एलपिजीको सुरक्षा संवेदनशीलतालार्इ हेरेर उद्योगले तालिम दिएको हो । मनोज ग्यास मुलुककै पहिलो एनएस ५३३:२०७० पाउने पहिलो ग्यास बोटलिङ प्लान्ट हो । यो वाहेक आइएसओ। ९००१:२०१५ प्रमाणिकरण गर्ने पहिलो ग्यास उद्योग समेत हो ।

‘ग्यास बोटलिङदेखि बिक्रीसम्म सचेत बनाउनका लागि तालिम आयोजना गरेका हौं, उद्योगका संचालक मनोज कुमार दासले भने, एनएस लिएर मात्रै हुँदैन यसलार्इ कायम राख्न कर्मचारीलार्इ तालिम दिन आवश्यक छ । योसँगै बिक्रेतालार्इ समेत तालिम दिएमा उपभोक्तासम्म यसको प्रयोग बारे जानकारी पुग्छ । त्यही उदेश्य लिएर हामीले तालिम कार्यक्रम राखेका हौं ।

उनले सामान बिक्री गरेर मात्रै समाजबाट उम्किने भन्दा समाजप्रति जवाफदेही भएर हातेमालो गरेर हिड्नुपर्ने बताए । ुहामी उपभोक्ताप्रति जवाफदेही हुनुपर्छ । अझ ग्यासजस्तो संवदेनशील वस्तुको प्रयोगमा उपभोक्तालार्इ सचेत बनाउन सकेनौं भने त्यसले ठूलो दुर्घटनाको जोखिम समेत हुन्छ’ दासले भने, ‘उपभोक्ताप्रति जवाफदेहि भएर सुरक्षित र गुणस्तरीय उत्पादन बेचेर मात्रै मुनाफालार्इ हेर्नुपर्छ भन्ने मान्यतामा हामी छौं’ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल गुणास्तर तथा नापतौल विभागका महानिर्देशक तथा नेपाल आयल निगमका संचालक विश्व वावु पुडासैनीले ग्यासको प्रयोग सम्बन्धि जनचेतना जगाउने कार्यक्रम उद्योगले गर्नु प्रशंसनिय भएको बताए ।

उक्त कार्यक्रममा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक पुडासैनी, राष्ट्रिय व्यावसायिक पहलका सचिव सरोजप्रसाद पाण्डे, ग्यास विक्रेता संघका अध्यक्ष महेश्वर श्रेष्ठ तथा ग्यास वितरकसंघ नेपालका अध्यक्ष चन्द्र कृष्ण श्रेष्ठ अतिथिहरु थिए ।