सियारी गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ नामक कार्यक्रममा देशकै उत्कृष्ट र गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्दै अाएको अर्घाखाँची सिमेन्टलेआफ्नो सशक्त उपस्थिति जनाएको छ ।उक्त कार्यक्रममा अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरेको छ ।
अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका ३३०० विद्यार्थीहरुलाई एक वर्षसम्म आवश्यक पर्ने स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामग्रीहरु एकमुष्ट उपलब्ध गराएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेकाे‘हामी सबैको इच्छा, अनिर्वाय निःशुल्क शिक्षा नामक महान अभियानलाई सार्थक पार्न अर्घाखाँची सिमेन्ट उक्त कार्यक्रममा जोडिएको हो ।
‘शिक्षित सियारी, शिक्षित समाज’ कार्यक्रममा उक्त क्षेत्रमा भएका सम्पूर्ण बालबालिकाहरुलाई बिद्यालयमा झिकाऔँ, सिकाऔँ र टिकाऔँ भन्ने मूल नारा अन्तर्गत सबैकालागि शैक्षिक समाग्रीवितरण गरिएको हो । उक्त कार्यक्रम प्रदेश नम्बर ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यमा सियारी गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको थियो ।
कार्यक्रममा सियारी गाउँपालिकाका सबै विद्यालयका ३३०० विद्यार्थीका लागि वर्षभरी आवश्यक पर्ने शैक्षिक समाग्रीहरु विभिन्न स्कुलका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको थियो ।सोही कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका प्रमुख अयोध्या थारु अर्घाखाँची सिमेन्टलाई धन्यवाद दिँदै भनेअर्घाखाँची सिमेन्टको यो कार्यले यस गाउँपालिकाका सम्पूर्णविद्यार्थीहरु निकै उत्साहित भएका छन् ।
सोही कार्यक्रममा अर्घाखाँची सिमेन्टका प्रबनध निर्देशक पशुपति मुरारकाले भने, ‘सबैले आ– आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने हो भने यो अभियान सफल हुनेमा दुईमत छैन ।