स्मार्ट सिटीका लागि अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्मेलन

दुई दिनसम्म चल्ने सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकासको लक्ष्यमा सूचना प्रविधिको प्रयोगमा सरकारका तर्फबाट अहिलेसम्म भइरहेको प्रयास र नीति तथा कार्यक्रममा उल्लिखित सूचना प्रविधिको प्रयोग र विस्तारसम्बन्धी विषयहरु कार्यन्वयन गर्न आगामी दिनहरुमा चाल्ने कदमबारे जानकारी दिने छन् ।

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्मेलन गर्ने भएको छ । स्मार्ट सिटीका लागि दिगो विकास लक्ष्य भन्ने मूल नाराका साथ असार ३ र ४ गते होटल हिमालय ललितपुरमा सो सम्मेलन हुने आयोजकले बताएका छन् ।

दुई दिनसम्म चल्ने सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकासको लक्ष्यमा सूचना प्रविधिको प्रयोगमा सरकारका तर्फबाट अहिलेसम्म भइरहेको प्रयास र नीति तथा कार्यक्रममा उल्लिखित सूचना प्रविधिको प्रयोग र विस्तारसम्बन्धी विषयहरु कार्यन्वयन गर्न आगामी दिनहरुमा चाल्ने कदमबारे जानकारी दिने छन् ।

सम्मेलनमा चीन, भारत, मलेसिया, सिङ्गापुर, श्रीलङ्का, बङ्गलादेश र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम यूएनडीपीका विषयगत विशेषज्ञहरुले पनि कार्यपत्र प्रस्तुत गरिने बताइएको छ ।

समूहगत छलफलमा स्थानीय सरकारका प्रतिनिधिको उपस्थितिमा स्मार्टपालिका (स्मार्ट स्थानीय तह) निर्माणसम्बन्धी अवधारणापत्र तयार गरी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्य सम्बन्धित निकायहरुलाइै हस्तान्तरण गरिने क्यान महासङ्का अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए ।

सहरी विकास मन्त्रालयअन्तर्गत स्मार्टसिटीको मास्टर प्लान बनाउने कार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित योजना तर्जूमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने योजना समेत रहेको चौरसियाले बताए ।

कार्यक्रमको मुख्य प्रयोजक सुविसु केबल नेट र सह प्रयोजक मोटोरोला नेपालको आधिकारिक विक्रेता लाइफकम प्रालि हाे ।