माघ ११ देखि क्यान इन्फोटेक

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घले आगामी माघ ११ गतेदेखि सुविसु क्यान इन्फोटेक आयोजना गर्ने भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना हुन लागेको इन्फोटेमा २ सय २२ स्टल रहने आयोजकले बताएको छ ।

२४ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रालि रहेको छ । एसोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रालि रहेको आया्ेजकले बताएको छ । ‘सुविस क्यान इन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला’ नाम रहने छ ।

६ दिनसम्म सञ्चालन हुने यस वर्षको मेलामा क्यान महासङ्घका सदस्य संस्थाहरुलगायत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीहरुको सहभागिता रहने छ । प्रदर्शनीले नेपाली सूचना प्रविधि क्षेत्रको समुन्नत विकासमा सहयोग पुर्याउने छ ।

त्यस्तै प्लाटिनम स्पोन्सर वल्र्डलिङ्क कम्युनिकेसन, डायमण्ड स्पोन्सर नेपाल टेलिकम र टिपी लिङ्क गोल्ड स्पोन्सरहरु हुवावे, एमआई स्मार्ट फोन र महालक्ष्मी मोबाईल, सिल्भर स्पोन्सरहरुमा नेटिस, एसपावर, लर्डबुद्ध एजुकेसन फाउन्डेसन, टेक्नोस कर्पोरेसन (नेपाल) प्रालि रहेका छन् ।