राम्रो नै हेरौं, हाम्रो मै हेरौं

फुटबलको उन्माद संसारभरि बढिरहेका बेला फिफा विश्वकप २०१८ को नेपालमा आधिकारिक इजाजत प्राप्त मिडिया हबले नेपाली फुटबल फ्यानहरुका लागि चार ओटा नेपाली च्यानलमा विश्वकप प्रसारण गर्नेछ । मिडिया हबले ‘राम्रो नै हेरौं, हाम्रो मै हेरौ’ भन्ने नाराको साथ यो सुविधा प्रदान गरेको हो ।

नेपाली दर्शकले यस पटकको फिफा विश्व कप चार ओटा नेपाली च्यानल नेपाल टेलिभिजन, कान्तिपुर एचडी, डिशहोम एक्सन् स्पोर्टस् र एनटीभी प्लसमा हेर्न पाउनेछन् ।

फुटबलको उन्माद संसारभरि बढिरहेका बेला फिफा विश्वकप २०१८ को नेपालमा आधिकारिक इजाजत प्राप्त मिडिया हबले नेपाली फुटबल फ्यानहरुका लागि चार ओटा नेपाली च्यानलमा विश्वकप प्रसारण गर्नेछ । मिडिया हबले ‘राम्रो नै हेरौं, हाम्रो मै हेरौ’ भन्ने नाराको साथ यो सुविधा प्रदान गरेको हो ।

यस वर्षको विशेषता कान्तिपुर एचडी र डिशहोम एक्सन स्पोर्टस्मा एचडी क्वालिटीको प्रसारण हुने छ ।

अर्घाखाँची सिमेन्ट, बजाज पल्सर एनएस २००, कोकाकोला र राइनो ५०० डी नेपालमा विश्वकपका प्रस्तुतकर्ता हुन् । यसमा क्लियर, रेनो क्याप्चर, डिसहोम, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, जुपिटर क्लासिकको साझेदारी छ । हिमस्टार एलईडी बल्ब, एनआईसी एसिया बैङ्क, सर्वो लुब्रिकेन्टस् र एसियन पेन्टस्ले प्रसारणको समर्थन गरेका छन् ।

‘फिफा विश्व कप हेर्न विदेशी च्यानलमा मात्रै निर्भर हुनुपर्ने समय अब गएको छ । अब नेपालीहरुले विश्व कप नेपाली एचडी च्यानलहरुमै प्रत्यक्ष हेर्न पाउने छन्,’ मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले भने ।

नेपालको सबैभन्दा पुरानो तथा ठूलो मिडिया कारोबार एजेन्सी मिडिया हब फिफा विश्वकप २०१८ को एक मात्र आधिकारिक टेलिभिजन प्रसारण साझेदार हो ।