एसियास्तरीय प्रतिलिपि अधिकार प्रशिक्षण

नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेल कस्तो होला? नेपाली प्रतिलिपि अभियन्ताहरुलाई त आफूले बनाएको अवधारणा उचित लाग्छ नै । तर, विश्वका दिग्गज प्रतिलिपि अधिकार अभियन्ताहरुले पनि नेपालको संगीत रोयल्टी व्यवस्थापन मोडेलको सराहना गरेका छन्।
प्रतिलिपि अधिकार सम्बन्धी एसियास्तरीय प्रशिक्षणका लागि काठमाडौं आएका दक्षिण एसिया र युरोपेली मुलुकका प्रतिलिपि अधिकार अभियन्ताहरुले नेपालको संगीत रोयल्टी व्यवस्थापन पद्धति नवीनतम् रहेको बताएका हुन्।

नेपाली रोयल्टी व्यवस्थापन संस्थाहरुले विकास गरेको संगीत रोयल्टीसम्बन्धी अवधारणाका वक्ताहरुले प्रशंसा गरेका छन्।
नर्वेको संगीत रोयल्टी संकलन संस्थानर्कोडले काठमाडौं आयोजना गरेको १० दिने प्रथम एसियास्तरीय प्रतिलिपि अधिकारसम्बन्धी प्रशिक्षण कार्यक्रमको समापन समारोहका वक्ताहरुले नेपालले विकास गरेको संगीतको रोयल्टी व्यवस्थापनसम्बन्धी अवधारणालाई विश्वकै नौलो र अनुकरणीय रहेको बताएका हुन्।

१० वटा एशियाली मुलुकका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा आएकी फिनल्याण्डकी प्रतिलिपि अधिकार विज्ञ टारिया कोस्किनेन ओल्सनले एसियास्तरीय कार्यक्रमको शुरुवात नेपालबाटै भएकोमा आफू हर्सित भएको उल्लेख गरिन्।
उनले संगीत रोयल्टीको व्यवस्थापनमा नेपालले शुरु गरेको संयुक्त लाइ सेन्सिङ प्रणाली एसियाली मुलुकहरुका लागि उदाहरण बनेको बताइन्।

आयोजक संस्थाकी प्रबन्ध निर्देशक इङ्गर डिरडालले पछिल्ला वर्षहरुमा नेपालले बौद्धिक सम्पत्ति संरक्षणमा देखाएको अग्रसरताले महत्वपूर्ण रहेको बताइन्।विश्व संगीत उत्पादकहरुको संस्था आएफपिआईका एशिया निर्देशक केटी याङले पनि आफ्नो पछिल्लो भ्रमणको तुलनामा नेपाली प्रतिलिपि अधिकार आन्दोलनले निकै उचाई लिएको धारणा राखेका छन्। याङले आगामी दिनमा पनि नेपाली संगीतको प्रवद्र्धन र संगीतकर्मीहरुको उत्थानका लागि यहाँ संस्थाहरुसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।

भारतका प्रतिलिनि अधिकार अभियन्ता र जतकक्करले नेपालले संगीत रोयल्टीका विषयमा हासिल गरेका उपलब्धीहरुलाई दक्षिण एशियाली मुलुकहरुले अनुशरण गर्नुपर्ने बताएका छन्। ‘नेपाल र भारतबीच थुप्रै सांस्कृतिक समानताहरु रहेका छन्,’उनले भने, ‘नेपाली संगीतकर्मीहरुको आर्थिक समुन्नतिका लागि मिलेर काम गर्न हामी तत्पर छौं।’विश्वभरिका लेखकहरुको रोयल्टी संकलन गर्ने संस्था इफ्फ्रोका प्रतिनिधिपियर ओलिभरले चाँडै नै नेपालमा लेखक, पत्रकार तथा फोटोग्राफरहरुको पनि रोयल्टी संकलन संस्था स्थापना हुने संकेत गरे। उनले त्यसो गर्न सके देशको सांस्कृतिक उत्थान तथा सरोकारवालाहरुको पनि आर्थिक समुन्नतिको ग्यारेन्टी हुने विश्वास व्यक्त गरेका छन्।

प्रस्तोता समाज नेपालका सिइओ नारायण कडरियाले सरकारी निकायतथा सरोकारवाला विभिन्न पक्षहरुबाट सकारात्मक सहयोग रहेकाले रोयल्टी व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति भएको भएपनि आगामी दिनहरु उत्तिकै चुनौतिपूर्ण रहेको बताएका छन्।नेपालका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति तथा सांस्कृतिक झाँकीको प्रदर्शन गर्दै प्रशिक्षण कार्यक्रम समापन गरिएको छ।

नेपालसँगै भारत, पाकिस्तान, चीन, भियतनाम, इण्डोनेशिया, म्यानमार, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशबाट २० जनाप्रतिनिधिहरु कार्यक्रम सहभागी भएका थिए।