सिलिङ्क्स ट्राभलले नेपालमा सुरु गर्याे आइएटीआईको सेवा

सिलिङ्क्स टुर्स एण्ड ट्राभल्सले एयरलाइन्सको टिकट तथा होटल बुकिङ सेवाका लागि इन्टरनेसनल एयर ट्राभल इन्डेक्स (आइएटीआई) सँग सहकार्य गरेको छ । ट्राभलले विश्वको ५४ देशमा २५ हजार एजेन्ट रहेको आइएटीआईको सेवा बिहीबारदेखि औपचारिक रुपमा नेपालमा सुरु गरेको हो ।

ट्राभलले बिहिबार एक कार्यक्रम गरि आइएटिआईको सेवा नेपालबाट सुरु भएको जानकारी गराउँदै अन्तराष्ट्रिय टिकट, होटललगायत पर्यटनसम्बन्धी विभिन्न सेवाहरु अनलाइनमार्फत सेवा लिन सकिने जनाएको छ । आइएटिआईमार्फत विश्वका ७ सय एयरलाइन्स जिडिएस, ७० बजेट एयरलाइन्स, चार्टर फ्लाइट, प्राइभेट जेट, ३ लाख होटल, बस, सामुन्द्रिक बस, क्रुज, प्याकेज टुरलगायतको सेवा लिन सकिने कम्पनीले जनाएको छ ।

नेपालमा सेवा शुभारम्भको अवसरमा आइएटिआईका अध्यक्ष लेभेन्ट एइडिनले संसारको छानो रहेको सगरमाथाको देशमार्फत पनि कम्पनीले सेवा सुरु गर्न पाएकोमा आफु गौरवान्भित भएको बताए । अहिलेको जमानामा हामीले दिने यो सेवाले धेरैभन्दा धेरै लाभान्वित हुने बताउँदै यसले यात्रालाई सहज बनाउने बताए ।

ट्राभलका प्रबन्ध निर्देशक राजु ढकालले यो सेवाले नेपालका ट्राभल सेवा प्रदायकले सजिलो बनाउने बताए । ‘विदेशमा प्याकेज बेच्ने ट्राभलका लागि यो सेवाले सहज बनाउँछ,’ उनले भने । आफैंले सिष्टम प्रयोग गरि बुक गर्न सकिने भएकाले भरपर्दाे र सुलभ पनि हुने उनले बताए ।