युनाइटेडमा वैशाख १६ मा नियुक्ति पाएका भट्टराई त्यसअघि भने नेको इन्स्योरेन्सको मुख्य प्रबन्धक थिए । सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनी सोही वर्ष युनाइटेडबाटै बिमा क्षेत्रमा प्रवेश गरेका थिए ।
युनाइटेड इन्स्योरेन्सको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । हाल कम्पनीको नायव महाप्रबन्धक रहेका भट्टराईलाई असार १ गतेको कम्पनी सञ्चालक समितिले असार ४ देखि लागू हुने गरी जिम्मेवारी दिएको हो ।
निवर्तमान प्रमुख कार्यकारी अधिकृत शेखर बरालले पदावधि एक वर्ष कायम रहँदै गत साता राजीनामा दिएपछि सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै भट्टराईलाई जिम्मेवारी दिएको हो ।
युनाइटेडमा वैशाख १६ मा नियुक्ति पाएका भट्टराई त्यसअघि भने नेको इन्स्योरेन्सको मुख्य प्रबन्धक थिए । सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका उनी सोही वर्ष युनाइटेडबाटै बिमा क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि उनले प्रुडेन्सियल इन्स्योरेन्समा पनि काम गरे । उनीसँग बिमाक्षेत्रमा १८ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।