चाैतर्फी विराेध पछि पेट्राेलियम पदार्थकाे मूल्य घट्याे, पेट्राेल ११० डिजेल तथा मट्टीतेल ९३ रूपैयाँ

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य अाेरालाे लागेकाे र निगमले बढाएकाे मूल्यप्रति विभिन्न संघ संस्थाले विराेध जनाउँदै अाएका थिए । दूवै कारणले गर्दा मूल्य घटाइएकाे हाे ।

पेट्राेलियम पदार्थकाे मूल्य बढ्दा उपभाेक्ता मर्कामा परेकाेे भन्दै प्रतिपक्ष नेपाली काङ्ग्रेसकाे भातृ सङ्गठन नेपाल  विद्यार्थी युनियन (नेवीसङ्घ) सहित विभिन्न संघसंस्थाकाे चर्काे विराेध गरेपछि नेपाल अायल निगमले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ ।

निगमले पेट्राेलमा ३ रूपैयाँ र डिजेल र मट्टीतेलमा २ रूपैयाँ घटाएकाे निगमका प्रवक्ता वीरेन्द्र गाेइतले जानकारी  दिए । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य घटेकाे र नेपालमा पनि मूल्य वृद्धिकाे चर्काे विराेध भएपछि  निगमले मूल्य घटाएकाे हाे । अब पेट्राेलकाे मूल्य १ सय १० रूपैयाँ तथा डिजेल र मट्टीतेलकाे मूल्य ९३ रूपैयाँ कायम गरिएकाे छ । नयाँ मूल्य राति १२ बजे लागू हुनेछ।

निगमले १५ दिन अघि मूल्य समायाेजन गर्दा पेट्राेलकाे मूल्य १  सय १३ रूपैयाँ प्रतिलिटर कायम गरेकाे थियाे । त्यसैगरी, डिजेल तथा मट्टीतेलकाे मूल्य ९५ रूपैयाँ कायम गरेकाे  थियाे । ग्यासकाे मूल्य भने यथावत राखिएकाे थियाे ।